क्यानडा, मेक्सिको र चीनमा बढाइएको कर आजदेखि लागू हुने ट्रम्पको घोषणा

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले तीन देशमा बढाइएको आयात कर आज शनिबारदेखि लागू हुने बताएका छन् । ट्रम्पले मेक्सिको र क्यानडामा २५-२५ र चीनमा थप १० प्रतिशत आयात कर लगाउने यसअघि नै घोषणा गरेका थिए । ट्रम्पले शुक्रबार भनेअनुसार शनिबारदेखि यी तीन देशबाट अमेरिकामा आयात हुने हरेक वस्तुमा अतिरिक्त कर लाग्नेछ । यसले अमेरिकामा […]

Feb 1, 2025 - 01:40
 0
क्यानडा, मेक्सिको र चीनमा बढाइएको कर आजदेखि लागू हुने ट्रम्पको घोषणा

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले तीन देशमा बढाइएको आयात कर आज शनिबारदेखि लागू हुने बताएका छन् ।

ट्रम्पले मेक्सिको र क्यानडामा २५-२५ र चीनमा थप १० प्रतिशत आयात कर लगाउने यसअघि नै घोषणा गरेका थिए ।

ट्रम्पले शुक्रबार भनेअनुसार शनिबारदेखि यी तीन देशबाट अमेरिकामा आयात हुने हरेक वस्तुमा अतिरिक्त कर लाग्नेछ । यसले अमेरिकामा महङ्गी बढ्ने सम्भावना छ ।

क्यानडाको तेलमा भने यो कर तत्काल लागू नहुने ट्रम्पले बताएका छन् । अमेरिकाले क्यानडाबाट ठूलो मात्रामा इन्धन आपूर्ति गर्दै आएको छ ।

इन्धनमा फेब्रुअरी १८ बाट यो नियम लागू हुने ह्वाइटहाउसले जनाएको छ ।

राष्ट्रपति ट्रम्पले भविष्यमा युरोपेली सङ्घमा कर लगाउने योजनासमेत रहेको जनाएका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register