रविविरुद्ध सरकारी वकिलको बहस सकियो, जाहेरवालाको जारी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने मुछिएको सहकारी ठगीको मुद्दामा सरकारी वकिलहरुको बहस सकिएको छ । न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासमा सरकारी वकिल बहस सकिएर जाहेरवालाको सुरु भएका ेछ । सरकारी वकिलहरू खडिन्द्रपराज पन्त, चन्द्रप्रसाद सञ्जेल, सन्तोषराज कटुवाल, राधिका सुवाल र बिना खड्का थापा लगायतले बहस गरे । पोखराको सूर्यदर्शन सहकारीको मुद्दामा ६५ लाख […]

Jan 13, 2025 - 09:11
 0
रविविरुद्ध सरकारी वकिलको बहस सकियो, जाहेरवालाको जारी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने मुछिएको सहकारी ठगीको मुद्दामा सरकारी वकिलहरुको बहस सकिएको छ ।

न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासमा सरकारी वकिल बहस सकिएर जाहेरवालाको सुरु भएका ेछ ।

सरकारी वकिलहरू खडिन्द्रपराज पन्त, चन्द्रप्रसाद सञ्जेल, सन्तोषराज कटुवाल, राधिका सुवाल र बिना खड्का थापा लगायतले बहस गरे ।

पोखराको सूर्यदर्शन सहकारीको मुद्दामा ६५ लाख धरौटी बुझाएर बिहीबार छुटेका रवि आइतबार जिल्ला अदालत काठमाडौंमा आफैँ उपस्थित हुन पुगेका थिए ।

आइतबारै बयान सकिए पनि बहस हुन सकेको थिएन । जसले गर्दा अदालतले उनलाई न्यायिक हिरासतमा पठाएको थियो ।

सोमबारदेखि थुनछेक बहस सुरु भएको हो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register