नारदमुनी गोल्डकप : स्पोट्रस क्लबलाई एभरेष्ट क्लब विजयी

उदयपुर । उदयपुरको चौदण्डीगढी नगरपालिका–४ बसाहामा जारी दशौं संस्करणको नारदमुनी थुलुङ स्मृति गोल्डकप फुटबल प्रतियोगितामा न्यू त्रियुगा स्पोट्र्स क्लब फत्तेपुर, सप्तरीलाई हराउँदै एभरेष्ट फुटबल क्लब सुनसरी विजयी भएको छ । खेलको पहिलो हाफको निर्धारित समयमा गोलरहित बराबरीमा टुंगिएको खेलको दोस्रो हाफको मध्यान्हमा डिबक्स एरियामा फत्तेपुरका खेलाडीले फल खेल्दा सुनसरीले पेनाल्टी प्राप्त गरेको थियो । सुनसरीले […]

Feb 1, 2025 - 05:03
 0
नारदमुनी गोल्डकप : स्पोट्रस क्लबलाई एभरेष्ट क्लब  विजयी

उदयपुर ।

उदयपुरको चौदण्डीगढी नगरपालिका–४ बसाहामा जारी दशौं संस्करणको नारदमुनी थुलुङ स्मृति गोल्डकप फुटबल प्रतियोगितामा न्यू त्रियुगा स्पोट्र्स क्लब फत्तेपुर, सप्तरीलाई हराउँदै एभरेष्ट फुटबल क्लब सुनसरी विजयी भएको छ ।


खेलको पहिलो हाफको निर्धारित समयमा गोलरहित बराबरीमा टुंगिएको खेलको दोस्रो हाफको मध्यान्हमा डिबक्स एरियामा फत्तेपुरका खेलाडीले फल खेल्दा सुनसरीले पेनाल्टी प्राप्त गरेको थियो । सुनसरीले पाएको पेनाल्टीलाई सदुपयोग गर्दै जर्सी नम्बर ९ का आशिष चापागाईंले गोल गर्दै फत्तेपुरलाइ १–० गोल अन्तरले पराजित गरेको हो ।

आशिष चापागाईंले गरेको पेनाल्टी गोल निर्णायक हुँदा सुनसरी विजयी भएको हो । खेलमा सुनसरीका आशिष चापागाईं म्यान अफ दी म्याच घोषित भएका थिए । भोलिको पहिलो सेमिफाइनल खेल सलहेश फुटबल क्लब सिराहा र बागमति फुटबल क्लब बीच हुने आयोजकले जनाएको छ ।

प्रतियोगितामा विजेता टिमले नगद ५ लाख सहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने छ । प्रतियोगिताको उपविजेताले २ लाख २५ हजार नगद सहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने छ। प्रतियोगिताको म्यान अफ द म्याचलाई ५ हजार प्रदान गरिने क्लबका अध्यक्ष गौतम राईले

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register