राजावादीको अनिश्चितकालीन आन्दोलन शुरु

काठमाडौं राजतन्त्र फर्काउने उद्देश्यका साथ बिहीबार राजधानीमा प्रदर्शन गरेका राजावादी समूहले अनिश्चितकालीन आन्दोलन शुरु भएको बताएको छ । शान्तिबाटिका क्षेत्रमा सम्पन्न भएको पहिलो दिनको शक्ति प्रदर्शनमा संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीसहित विभिन्न राजावादी दल र संघसंस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । छाता र राष्ट्रिय झण्डासहित सडकमा आएका राजावादीहरुले राजतन्त्रको पक्षमा नाराबाजी गरेका थिए ।राष्ट्रिय […]

May 30, 2025 - 03:49
 0
राजावादीको अनिश्चितकालीन आन्दोलन शुरु

काठमाडौं

राजतन्त्र फर्काउने उद्देश्यका साथ बिहीबार राजधानीमा प्रदर्शन गरेका राजावादी समूहले अनिश्चितकालीन आन्दोलन शुरु भएको बताएको छ । शान्तिबाटिका क्षेत्रमा सम्पन्न भएको पहिलो दिनको शक्ति प्रदर्शनमा संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीसहित विभिन्न राजावादी दल र संघसंस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

छाता र राष्ट्रिय झण्डासहित सडकमा आएका राजावादीहरुले राजतन्त्रको पक्षमा नाराबाजी गरेका थिए ।राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले राजतन्त्र र हिन्दुराज्य पुनस्र्थापनाको मागसहित शुरु भएको आन्दोलनको पहिलो दिन नै एउटा जनमत संग्रह भएको दाबी गर्नुभयो ।

प्रदर्शनलाई सम्बोधन गर्ने क्रममा उहाँले गणतन्त्र नढालेसम्म आन्दोलन नरोकिने जिकिर गर्दै भन्नुभयो– ‘यो आन्दोलन कुनै पार्टीको मात्र होइन, यो आन्दोलन नेपालका लागि नेपाली जनताले गरेको पहिलो आन्दोलन हो ।’यसैबीच प्रदर्शनमा घुसपैठ भएको आरोपमा शान्तिवाटिका क्षेत्रबाट ५ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा पर्वत घर भएका धनश्याम न्यौपाने, कैलालीका शिवराज जैसी, नुवाकोटका आशिष लामा, डोटीका पारस राणा र एक जना भारतीय नागरिक बृजमोहन राय रहेका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register