श्रीपञ्चमीको महिमा : सरस्वतीको आराधनादेखि अक्षराम्भसम्म (तस्वीरहरू)

काठमाडौं । विद्याकी देवी सरस्वतीको पूजा आराधना गरी आज (सोमबार) श्रीपञ्चमी पर्व मनाइँदैछ । माघ शुक्ल पञ्चमीका दिन मनाइने यो पर्वलाई वसन्त पञ्चमी पनि भनिन्छ । आजको दिन विद्यार्थीले आफ्नो पुस्तक, कलम र वाद्ययन्त्रलाई सरस्वतीको प्रतीकको रुपमा पूजा गर्छन् । विद्यालय जाने उमेर पुगेका बालबालिकालाई आजकै दिनदेखि अक्षराम्भ गराउने प्रचलनसमेत रहेको छ । सरस्वतीलाई विद्या, […]

Feb 3, 2025 - 02:24
 0
श्रीपञ्चमीको महिमा : सरस्वतीको आराधनादेखि अक्षराम्भसम्म (तस्वीरहरू)

काठमाडौं । विद्याकी देवी सरस्वतीको पूजा आराधना गरी आज (सोमबार) श्रीपञ्चमी पर्व मनाइँदैछ । माघ शुक्ल पञ्चमीका दिन मनाइने यो पर्वलाई वसन्त पञ्चमी पनि भनिन्छ ।

आजको दिन विद्यार्थीले आफ्नो पुस्तक, कलम र वाद्ययन्त्रलाई सरस्वतीको प्रतीकको रुपमा पूजा गर्छन् । विद्यालय जाने उमेर पुगेका बालबालिकालाई आजकै दिनदेखि अक्षराम्भ गराउने प्रचलनसमेत रहेको छ ।

सरस्वतीलाई विद्या, ज्ञान, संगीत, कला र बुद्धिकी देवी मानिन्छ । यसकारण विद्यार्थी, शिक्षक, कलाकार, संगीतकारलगायत सबैले यो दिन सरस्वतीको पूजा गरी आशीर्वाद लिन्छन् ।

श्रीपञ्चमीलाई वसन्त ऋतुको सुरुवातको प्रतीक पनि मानिन्छ । यस दिनदेखि जाडो कम हुन थाल्छ । साथै प्रकृतिमा नयाँ उमङ्ग आउने विश्वास छ ।

काठमाडौंसँगै देशका विभिन्न ठाउँमा आज सरस्वतीको पूजा गरी श्रीपञ्चमी मनाइँदैछ ।

लाजिम्पाटस्थित सरस्वती मन्दिरमा बिहानैदेखि बालबालिकादेखि वृद्धवृद्धासम्मले सरस्वतीको पूजा आराधना र अक्षसराम्भ गरेको तस्वीरहरूमा देख्न सकिन्छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register