नयाँ मुख्य प्रशिक्षक नियुक्तिबारे के गर्दैछ क्यान ?
काठमाडौं । नेपालको राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक मोन्टी देशाईको कार्यकाल सकिएसँगै नयाँ प्रशिक्षक को बन्ला भन्ने चर्चा सुरु भएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) सँगको २ वर्षको कार्यकाल सकिएसँगै आइतबार मोन्टीले सामाजिक सञ्जालमा सबैलाई धन्यवाद दिएका थिए । अब क्यानले नयाँ प्रक्रिया सुरु गरेको छ भन्ने प्रश्नमा प्रवक्ता छुम्बी लामाले नेपालभ्युजसँग भने, “प्रक्रिया […]

काठमाडौं । नेपालको राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक मोन्टी देशाईको कार्यकाल सकिएसँगै नयाँ प्रशिक्षक को बन्ला भन्ने चर्चा सुरु भएको छ ।
नेपाल क्रिकेट सङ्घ (क्यान) सँगको २ वर्षको कार्यकाल सकिएसँगै आइतबार मोन्टीले सामाजिक सञ्जालमा सबैलाई धन्यवाद दिएका थिए ।
अब क्यानले नयाँ प्रक्रिया सुरु गरेको छ भन्ने प्रश्नमा प्रवक्ता छुम्बी लामाले नेपालभ्युजसँग भने, “प्रक्रिया अहिले सुरु भइसकेको छैन । क्यानको कार्यसमितिको बैठक बसेर हामी यसको काम चाँडै अघि बढाउँछौँ ।”
यस प्रक्रियामा धेरै समय नलाग्ने र चाँडै हुने उनको भनाइ छ ।
देशाईसँग छलफल गरेर नै सम्झौता थप नगरिएको प्रवक्ता लामाले बताए । “प्रशिक्षक मोन्टी देशाईसँगको छलफलपश्चात नै सम्झौता थप नगरिएको हो । उहाँको कार्यकाल राम्रो भएको क्यानले बुझेको छ,” उनले भने, “अब नेपाली क्रिकेटलाई थप अगाडि बढाउन नयाँ प्रशिक्षकको आवश्यकता परेकोले क्यान चाँडै प्रक्रिया अगाडि बढाउने छ ।”
मोन्टीको कार्यकालमा सबै राम्रो हुँदा पनि किन कार्यकाल नथपेको प्रश्नमा उनी भन्छन्, “दुवै पक्षको साम्झदारीमा नै कार्यकाल नथपिएको हो । कुनै पनि राष्ट्रमा २ वर्षको कार्यकाल धेरै नै मानिन्छ । यो प्रशिक्षक, खेलाडी र क्यान आफ्नै लागि पनि धेरै हो । एउटै प्रशिक्षक नियमित रुपमा भइरह्यो भने नराम्रो हुने सम्भावना पनि हुन्छ ।”
उनले थपे, “कुनै आग्रह-पूर्वाग्रह केही पनि होइन । नितान्त नेपाली क्रिकेटलाई अझ राम्रो गर्नको लागि देशाईसँगकै आपसी समझदारीमा नै कार्यकाल थप नगरिएको हो ।”
नयाँ प्रशिक्षक नियुक्तिबारे प्रक्रिया क्यानले चाँडै सुरु गरिहाल्ने योजनामा रहे पनि यसमा कति समय लाग्न सकिन्छ भन्नेबारे ठ्याक्कै भन्न नसकिने लामाले बताए ।
What's Your Reaction?






