कोटेश्वर भाटभटेनी लुटपाट : एक भारतीयसहित ९ जना पक्राउ

काठमाडौं । कोटेश्वरस्थित भाटभटेनी सुपरमार्केट लुटपाटमा संलग्न रहेको आरोपमा एक भारतीयसहित ९ जना पक्राउ परेका छन् । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान नेपालका केन्द्रीय अध्यक्ष दुर्गा प्रसाईको नेतृत्वमा राजावादी समुहसहितको संयुक्त आन्दोलनका क्रममा कोटेश्वरस्थित भाटभटेनीमा तोडफोड गरे पश्चात लुटपाट भएको थियो । पक्राउ पर्नेमा धनुषाका आशिष सिंह, सर्लाहीका प्रेमकुमार महत्तो, भारतका रविरञ्जन […]

Mar 30, 2025 - 12:20
 0
कोटेश्वर भाटभटेनी लुटपाट : एक भारतीयसहित ९ जना पक्राउ

काठमाडौं । कोटेश्वरस्थित भाटभटेनी सुपरमार्केट लुटपाटमा संलग्न रहेको आरोपमा एक भारतीयसहित ९ जना पक्राउ परेका छन् ।

राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान नेपालका केन्द्रीय अध्यक्ष दुर्गा प्रसाईको नेतृत्वमा राजावादी समुहसहितको संयुक्त आन्दोलनका क्रममा कोटेश्वरस्थित भाटभटेनीमा तोडफोड गरे पश्चात लुटपाट भएको थियो ।

पक्राउ पर्नेमा धनुषाका आशिष सिंह, सर्लाहीका प्रेमकुमार महत्तो, भारतका रविरञ्जन कुमार, नुवाकोटकी सुशिला कुमाल, सुनसरीकी एलिसा राई, कोटेश्वरकी बालकुमारी कार्की, सिन्धुपाल्चोककी निर्मला कार्की, सिन्धुलीकी चित्रमाया बस्नेत र सिन्धुलीकै सुस्मिता बराल छन् ।

उनीहरुलाई विभिन्न स्थानबाट पक्राउ गरी थप अनुसन्धान तथा कारबाहीको लागि प्रहरी बृत्त बानेश्वर पठाइएको प्रहरीले जनाएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register