आजको मौसम : दुई प्रदेशमा वर्षा र हिमपातको सम्भावना

झापा, २२ माघ । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ। आज बिहान सुदूरपश्चिम र कर्णालीसहित गण्डकी प्रदेशको पहाडी भूभागको मौसम आंशिकदेखि साधारणतया बदली छ। तराईका केही स्थानमा अहिले हुस्सु र कुहिरो लागेको छ। देशको बाँकी भूभागको मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज दिउँसो सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी [...] The post आजको मौसम : दुई प्रदेशमा वर्षा र हिमपातको सम्भावना appeared first on Jhapa Online.

Feb 4, 2025 - 02:28
 0
आजको मौसम : दुई प्रदेशमा वर्षा र हिमपातको सम्भावना

झापा, २२ माघ । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ।

आज बिहान सुदूरपश्चिम र कर्णालीसहित गण्डकी प्रदेशको पहाडी भूभागको मौसम आंशिकदेखि साधारणतया बदली छ। तराईका केही स्थानमा अहिले हुस्सु र कुहिरो लागेको छ। देशको बाँकी भूभागको मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

आज दिउँसो सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भूभागका थोरै स्थानमा हल्का वर्षाको सम्भावना छ। सुदूरपश्चिम र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा आज हल्कादेखि मध्यम हिमपातको पनि सम्भावना रहेको छ।

महाशाखाले आज बिहान ६ बजे जारी गरेको बुलेटिनमा भनिएको छ, ‘आगामी २४ घण्टाको अवधिमा सुदूरपश्चिम र कर्णाली प्रदेशको पहाडी भूभागका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। सुदूरपश्चिम र कर्णाली प्रदेश प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ।

वर्षा र हिमपातको प्रभावले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने हुँदा त्यसबाट हुन सक्ने असरबाटसमेत बच्न आवश्यक उपाय तथा सतर्कता अपनाउनुहुन अनुरोध छ।’

The post आजको मौसम : दुई प्रदेशमा वर्षा र हिमपातको सम्भावना appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register