अमेरिकामा २३ लाख सरकारी कर्मचारीलाई जागिरबाट निकाल्दै एलन मस्क, आखिर अमेरिकामा के गर्न खोज्दैछन् उनी ? 

काठमाडौँ । अमेरिकी सरकारले २३ लाख सरकारी कर्मचारीलाई जागिरबाट हटाउने भएको छ । अमेरिकाको ‘सरकारी दक्षता विभाग’ का निर्देशक एलन मस्कले यस्तो घोषणासँगै तयारी गरेका हुन् ।  अन्तराष्ट्रिय सञ्चार माध्यमहरुका अनुसार मस्कले सरकारी कर्मचारीलाई इमेलमार्फत राजिनामा दिन दबाब दिँदै आएका छन् ।  उनले ‘सरकारको लागि धेरै काम गर्यौ, अब सपनाको गन्तव्यमा गएर छुट्टी मनाउ’ भन्दै […]

Feb 4, 2025 - 08:18
 0
अमेरिकामा २३ लाख सरकारी कर्मचारीलाई जागिरबाट निकाल्दै एलन मस्क, आखिर अमेरिकामा के गर्न खोज्दैछन् उनी ? 

काठमाडौँ । अमेरिकी सरकारले २३ लाख सरकारी कर्मचारीलाई जागिरबाट हटाउने भएको छ । अमेरिकाको ‘सरकारी दक्षता विभाग’ का निर्देशक एलन मस्कले यस्तो घोषणासँगै तयारी गरेका हुन् । 

अन्तराष्ट्रिय सञ्चार माध्यमहरुका अनुसार मस्कले सरकारी कर्मचारीलाई इमेलमार्फत राजिनामा दिन दबाब दिँदै आएका छन् । 

उनले ‘सरकारको लागि धेरै काम गर्यौ, अब सपनाको गन्तव्यमा गएर छुट्टी मनाउ’ भन्दै कर्मचारीहरुलाई इमेल पठाइरहेको छन् । सोही इमेलमार्फत मस्कले स्वेच्छाले जागिर छोड्नेलाई नगद प्रोत्साहनसहित बिदाई गर्ने प्रस्ताव गरेका छन् । 

हाल राजिनामा दिन नमानेका कतिपय सरकारी कर्मचारीलाई जिम्मेवारविहीन गरिएको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । अमेरिकाको सरकारी सेवामा रहेका २३ लाख कर्मचारी हटाएपछि केही महत्वपूर्ण पदहरुमा मस्कले आफ्नो कम्पनीका कर्मचारीहरुलाई नियुक्त गर्ने तयारी गरेको खबरसमेत अमेरिकाकै सञ्चारमाध्यमहरुले जनाएका छन् ।

यसो त मस्कले केही दिनअघि अमेरिकी अन्तराष्ट्रिय विकास नियोग (यूएसएआईडी) बन्द गर्न लागेको घोषणा गरेका थिए । यूएसएआईडी बन्द भए नेपालमा हजारौँ एनजिओकर्मीहरुको उठिबास लाग्ने पक्का छ । उनको यस्तो काममा अमेरिकी राष्ट्रपछि डोनाल्ड ट्रम्पले पनि सहमति जनाएका छन् । 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register