६ दिनमै बिग्रियो ६ करोड खर्चेर मर्मत गरिएको नेपाल एयरलाइन्सको जहाज, भैरहवामा ग्राउन्डेड

काठमाडौँ । केही दिनअघि मात्रै करोडौँ खर्च गरेर मर्मत गरिएको नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)को जहाज फेरि बिग्रिएको छ । ६ दिनअघि चीनबाट मर्मत गरेर ल्याइएको नेपाल एयरलाइन्सको न्यारोबडी जहाज फेरि बिग्रिएको हो । हाल उक्त जहाजमा इन्जिनको गति तिव्र हुने समस्या देखिएको छ । उक्त समस्यालाई टेक्निकल भाषामा ओभर स्पिड प्रोटेक्सन भनिन्छ । उक्त […]

Mar 6, 2025 - 06:47
 0
६ दिनमै बिग्रियो ६ करोड खर्चेर मर्मत गरिएको नेपाल एयरलाइन्सको जहाज, भैरहवामा ग्राउन्डेड

काठमाडौँ । केही दिनअघि मात्रै करोडौँ खर्च गरेर मर्मत गरिएको नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)को जहाज फेरि बिग्रिएको छ । ६ दिनअघि चीनबाट मर्मत गरेर ल्याइएको नेपाल एयरलाइन्सको न्यारोबडी जहाज फेरि बिग्रिएको हो ।

हाल उक्त जहाजमा इन्जिनको गति तिव्र हुने समस्या देखिएको छ । उक्त समस्यालाई टेक्निकल भाषामा ओभर स्पिड प्रोटेक्सन भनिन्छ ।

उक्त जहाज चीनबाट ६ करोड ६८ लाख रुपैयाँ खर्च गरेर फाइभ-सि-चेक (मर्मत) गरेर ल्याइएको थियो । बुधबार राति १ सय ४९ जना यात्रु लिएर दुबई उड्नुपर्ने विमानमा समस्या आएपछि उक्त विमान भैरहवामै ग्राउण्डेड गरिएको छ ।

जहाज ग्राउण्डेड भएपछि सो जहाजमार्फत यात्रा गर्ने यात्रुहरुलाई विभिन्न होटलमा लगेर बसाइएको थियो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register