खैरो हिरोइनसहित एक जना पक्राउ, ४२९ केजी गाँजा बरामद

झापा, २२ माघ । झापाको मेचीनगर नगरपालिका–६ स्थितबाट लागू औषध खैरो हिरोइनसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । माघ २१ गते लागुऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा भारतबाट नेपालतर्फ आउँदै गरेका ताप्लेजुङ सिदिङवा गाउँपालिका–३ का २२ वर्षीय सुरेन्द्र राईलाई १ ग्राम १३० मिलिग्राम लागुऔषध खैरो हिरोइनसहित नियन्त्रणमा लिएको छ । यसैगरी, [...] The post खैरो हिरोइनसहित एक जना पक्राउ, ४२९ केजी गाँजा बरामद appeared first on Jhapa Online.

Feb 4, 2025 - 13:25
 0
खैरो हिरोइनसहित एक जना पक्राउ, ४२९ केजी गाँजा बरामद

झापा, २२ माघ । झापाको मेचीनगर नगरपालिका–६ स्थितबाट लागू औषध खैरो हिरोइनसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

माघ २१ गते लागुऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा भारतबाट नेपालतर्फ आउँदै गरेका ताप्लेजुङ सिदिङवा गाउँपालिका–३ का २२ वर्षीय सुरेन्द्र राईलाई १ ग्राम १३० मिलिग्राम लागुऔषध खैरो हिरोइनसहित नियन्त्रणमा लिएको छ ।

यसैगरी, गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय धरान सुनसरीबाट खटिएको प्रहरी टोलीले आज बिहान साढे २ बजे धरान उप–महानगरपालिका–६ पानमारा जंगलस्थित सेउती पुलमा बा १५ च ७६३३ नम्बरको गाडीसहित बेवारिसे अवस्थामा राखिएको ४१० किलो गाँजा बरामद गरेको हो भने प्रहरी चौकि घुस्कीहाट सुनसरीबाट गस्तीमा खटिएको प्रहरी टोलीले माघ २१ गते राति हरिनगर गाउँपालिका–६ स्थितबाट बेवारिसे अवस्थमा सुटकेभित्र राखेको १९ किलो गाँजा बरामद गरेको छ । लागू औषध खैरो हिरोइन र बेवारिसे गाँजाको सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको छ ।

The post खैरो हिरोइनसहित एक जना पक्राउ, ४२९ केजी गाँजा बरामद appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register