कनकाईमा सुत्केरीलाई तीन हजार रुपैयाँ
झापा, २८ चैत । झापाको कनकाई नगरपालिकाका दुई सय तीन जना महिलालाई सुत्केरी पोषण सामग्री वितरण गरिएको छ । उपप्रमुख सुत्केरी पोषण कार्यक्रम अन्तरगत चालू आर्थिक वर्षको फागुन महिनासम्म नगरभरिका दुई सय तीन जनालाई पोषण सामग्री वितरण गरिएको स्वास्थ्य शाखाका जनस्वास्थ्य निरीक्षण नारायण अधिकारीले जानकारी दिनुभयो । उनीहरुलाई सुत्केरी पोषण वापत रू तीन हजार प्रदान [...] The post कनकाईमा सुत्केरीलाई तीन हजार रुपैयाँ appeared first on Jhapa Online.

झापा, २८ चैत । झापाको कनकाई नगरपालिकाका दुई सय तीन जना महिलालाई सुत्केरी पोषण सामग्री वितरण गरिएको छ ।
उपप्रमुख सुत्केरी पोषण कार्यक्रम अन्तरगत चालू आर्थिक वर्षको फागुन महिनासम्म नगरभरिका दुई सय तीन जनालाई पोषण सामग्री वितरण गरिएको स्वास्थ्य शाखाका जनस्वास्थ्य निरीक्षण नारायण अधिकारीले जानकारी दिनुभयो । उनीहरुलाई सुत्केरी पोषण वापत रू तीन हजार प्रदान गरिएको उहाँले बताउनुभयो ।
नगरमा पहिलो पटक एक हजार एक सय ७५ जना गर्भवतीले गर्भ जाँच गराएका छन् भने नेपाल सरकारको प्रोटोकल अनुसार आठ पटक तीन सय आठ जनाले गर्भ जाँच गराएका छन् । नगर अस्पतालबाट चालू आवको साउनदेखि हालसम्म ४५ जना महिलाले सामान्य सुत्केरी गराएको उहाँले बताउनुभयो ।
कनकाई नगरपालिकाले स्वास्थ्य क्षेत्रको प्रबद्र्धनका लागि विभिन्न कार्यक्रम गर्दै आएको उहाँले बताउनुभयो । नगरका नौ वटै वडामा डेंगु रोग नियन्त्रणका लागि चार सय ३७ जनालाई अभिमुखीकरण दिएको छ ।
राष्ट्रिय भिटामिन ए कार्यक्रम सञ्चालन अन्तरगत चार हजार तीन सय ५६ जना बालबालिकाले भिटामिन ए, तीन हजार नौ सय ६३ जनालाई र जुकाको औषधि सेवन गराएको छ ।
नेपाल सरकारले दिएको प्रोटोकल अनुसारका विभिन्न ७९ प्रकारका औषधी तथा सामग्रीहरु कनकाई नगरपालिका अन्तरगतका ९ वटै सरकारी स्वास्थ्य संस्थामा वितरण गरिँदै आएको छ । निर्देशिका अनुसार ७२ जनालाई विपन्न नागरिकलाई सूचीकृत अस्पतालमा निःशुल्क उपचारका लागि सिफारिस गरिएको छ ।
नगर क्षेत्रमा मृगौला प्रत्यारोपण गरेका, डायलाइसिस गराइरहेका, क्यान्सर रोगी तथा मेरुदण्डको पक्षघात भएका ११० जना बिरामीलाई मासिक रू पाँच हजारका दरले उपलब्ध गराइँदै आएको जनस्वास्थ्य निरीक्षण नारायण अधिकारीले जानकारी दिनुभयो ।
माघ २२ देखि २८ गतेसम्म सञ्चालित महिलाको पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपीभी खोप अभियान अन्तरगत विद्यालयमा अध्ययनरत कक्षा–६ देखि कक्षा–१० सम्मका छात्रा र विद्यालय बाहिरका १० देखि १४ वर्षका किशोरी गरी दुई हजार पाँच सय ८१ जना खोप लगाइएको छ ।
प्रजनन् रुग्णता कार्यक्रम अन्तरगत नगरपालिकाका पाँच सय ७७ जना महिलाको पाठेघरको मुखको क्यान्सरको जाँच र २८ जना महिलाहरुको आङ्ग खस्ने समस्याको पहिचान र व्यवस्थापन गरिएको छ । कनकाई नगरपालिकाभरि २२ जना महिला स्वास्थ्य स्वयम्सेविका नगरको स्वास्थ्य प्रबद्र्धनमा क्रियाशील रहेका छन् ।
The post कनकाईमा सुत्केरीलाई तीन हजार रुपैयाँ appeared first on Jhapa Online.
What's Your Reaction?






