मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामा जुट्यो राष्ट्र बैंक, जाने बेलामा लगानीकर्तालाई नचिढ्याउने ‘मुड’मा गभर्नर !  

काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको कार्यकाल चैत २५ गते सकिँदैछ । यही बेला नेपाल राष्ट्र बैंक चालु आर्थिक वर्ष २०८१ ८२ को अर्धवार्षिक समीक्षामा जुटेको छ । यो अर्धवार्षिक समीक्षा गभर्नर अधिकारीको अन्तिम समीक्षा पनि हो ।  आफ्नो कार्यकालको अन्तिम समीक्षा भएकाले पनि गभर्नर अधिकारीले यसपटक मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा लचिलो ल्याउने […]

Feb 6, 2025 - 02:39
 0
मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामा जुट्यो राष्ट्र बैंक, जाने बेलामा लगानीकर्तालाई नचिढ्याउने ‘मुड’मा गभर्नर !  

काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको कार्यकाल चैत २५ गते सकिँदैछ । यही बेला नेपाल राष्ट्र बैंक चालु आर्थिक वर्ष २०८१ ८२ को अर्धवार्षिक समीक्षामा जुटेको छ । यो अर्धवार्षिक समीक्षा गभर्नर अधिकारीको अन्तिम समीक्षा पनि हो । 

आफ्नो कार्यकालको अन्तिम समीक्षा भएकाले पनि गभर्नर अधिकारीले यसपटक मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा लचिलो ल्याउने सम्भावना बढी देखिन्छ । 

पछिल्ला दिन सार्वजनिक कार्यक्रमहरुमा गभर्नर अधिकारीले दिएका अभिव्यक्तिले पनि मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सहज र लचिलो आउँछ भन्ने अनुमानहरु लगाउन थालिएका छन् । मौद्रिक नीतिको अर्धवार्षिक समीक्षाका लागि गरिएको आन्तरिक छलफलमा पनि मौद्रिक नीति लचिलो ल्याउने विषयमा छलफल भएको राष्ट्र बैंकका अधिकारीहरुले बताएका छन् । 

‘गभर्नरज्युको कार्यकाल अब सकिँदैछ । यो समीक्षा नै उहाँको कार्यकालको अन्तिम समीक्षा हुनेछ ।’, राष्ट्र बैंकका एक अधिकारीले भने, ‘जाने बेलामा उहाँले लचिलो हुने संकेत देखाउनुभएको छ । सेयर लगानीकर्तालाई पनि चिढ्याउने मुडमा देखिनुभएको छैन ।’  

यसै पनि अहिले सेयर बजारका लगानीकर्ता राष्ट्र बैंकका गभर्नरप्रति पोजेटिभ छैनन् । यतिसम्म कि ‘गभर्नर महाप्रसाद अधिकारीको कार्यकाल सकिएर नयाँ गभर्नर आए’ सेयर बजार बढ्छ भन्दै अभिव्यक्ति दिइरहेका छन् । यो कुरा राम्रोसँग बुझेका गभर्नर महाप्रसाद अधिकारीले आफ्नो कार्यकालको उत्तरार्धमा मौद्रिक नीति सहज ल्याउने र मौद्रिक नीतिको समीक्षामा अपेक्षा गर्ने क्षेत्रलाई खुसी बनाउने मनसायमा रहेको गभर्नर निकट स्रोतले बताएको छ । 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register