समृद्धि फाइनान्सद्वारा वित्तीय साक्षरता कार्यक्रम आयोजना

काठमाडौँ ।  समृद्धि फाइनान्सले वित्तीय साक्षरता कार्यक्रम आयोजना गरेको छ । फाइनान्सको खरेन्द्रपुर शाखाले माघ २४ गते कपिलवस्तुको शिवराज नगरपालिका-१० मा कृषक समूहलाई लक्षित गर्दै वित्तीय साक्षरता कार्यक्रम आयोजना गरेको हो । उक्त कार्यक्रममा ३५ जना स्थानीय सहभागी भएका थिए । कार्यक्रममा नयाँ खाता खोल्ने क्रममा राष्ट्रिय परिचय पत्रको अनिवार्यता र अन्य महत्वपूर्ण जानकारीहरू प्रदान […]

Feb 7, 2025 - 07:42
 0
समृद्धि फाइनान्सद्वारा वित्तीय साक्षरता कार्यक्रम आयोजना

काठमाडौँ ।  समृद्धि फाइनान्सले वित्तीय साक्षरता कार्यक्रम आयोजना गरेको छ । फाइनान्सको खरेन्द्रपुर शाखाले माघ २४ गते कपिलवस्तुको शिवराज नगरपालिका-१० मा कृषक समूहलाई लक्षित गर्दै वित्तीय साक्षरता कार्यक्रम आयोजना गरेको हो ।

उक्त कार्यक्रममा ३५ जना स्थानीय सहभागी भएका थिए । कार्यक्रममा नयाँ खाता खोल्ने क्रममा राष्ट्रिय परिचय पत्रको अनिवार्यता र अन्य महत्वपूर्ण जानकारीहरू प्रदान गरिएको थियो ।

साथै, सहभागीहरूलाई बैंकिङ सेवाहरू र वित्तीय संस्थाहरूका बारेमा आवश्यक जानकारी दिने उद्देश्यले बैंक तथा वित्तीय संस्थासँग सम्बन्धित एक अन्तरक्रियात्मक कार्यक्रम पनि सञ्चालन गरिएको थियो ।

कार्यक्रमको मुख्य उद्देश्य कृषक समुदायलाई वित्तीय साक्षरता अभिवृद्धि गर्नु र उनीहरूलाई वित्तीय सेवाको महत्व र उपयोगिताबारे सचेत पार्नु रहेको कम्पनीले जनाएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register