सरकार र शिक्षक वार्ता सकियो, छलफल र संवादलाई निरन्तरता दिने सहमति, आन्दोलन जारी रहने

झापा, १३ बैशाख । सरकार र नेपाल शिक्षक महासंघबीच आज बिहान सिंहदरबारस्थित शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा भएको वार्ता सकिएको छ। महासंघका अध्यक्ष लक्ष्मी किशोर सुवेदीले वार्ता भर्खरै सकिएको र छलफल र संवादलाई निरन्तरता दिने सहमति भएको जानकारी दिए। तर, आफूहरूको आन्दोलन जारी रहने उनले बताए। अध्यक्ष सुवेदीले भने, ‘शिक्षक महासंघ आन्दोलनमा छ। मन्त्रीको उपस्थितिमा [...] The post सरकार र शिक्षक वार्ता सकियो, छलफल र संवादलाई निरन्तरता दिने सहमति, आन्दोलन जारी रहने appeared first on Jhapa Online.

Apr 26, 2025 - 07:42
 0
सरकार र शिक्षक वार्ता सकियो, छलफल र संवादलाई निरन्तरता दिने सहमति, आन्दोलन जारी रहने

झापा, १३ बैशाख । सरकार र नेपाल शिक्षक महासंघबीच आज बिहान सिंहदरबारस्थित शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा भएको वार्ता सकिएको छ।

महासंघका अध्यक्ष लक्ष्मी किशोर सुवेदीले वार्ता भर्खरै सकिएको र छलफल र संवादलाई निरन्तरता दिने सहमति भएको जानकारी दिए। तर, आफूहरूको आन्दोलन जारी रहने उनले बताए।

अध्यक्ष सुवेदीले भने, ‘शिक्षक महासंघ आन्दोलनमा छ। मन्त्रीको उपस्थितिमा छलफल भयो। छलफललाई निरन्तरता दिने सहमति भयो। अर्को बैठक कहिले भन्ने भएको छैन। छलफलबाट तय हुनेछ।’

तत्काल नयाँ शिक्षा ऐन ल्याउनुपर्ने प्रमुख मागसहित नेपाल शिक्षक महासंघको नेतृत्वमा देशैभरिका शिक्षक काठमाडौँमा २५ दिनदेखि आन्दोलनरत छन्।शिक्षक आन्दोलनका कारण विद्यार्थी भर्ना अभियानसहित विद्यालय तहका सम्पूर्ण शैक्षिक गतिविधि ठप्प भएको छ। सोही कारण वैशाख ११ गते गर्ने भनिएको कक्षा १२ को वार्षिक परीक्षा पनि वैशाख २१ का लागि सारिएको छ।

The post सरकार र शिक्षक वार्ता सकियो, छलफल र संवादलाई निरन्तरता दिने सहमति, आन्दोलन जारी रहने appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register