माओवादी नेताहरूको कार्यविभाजन : प्रचण्डलाई स्कुल विभाग, जनार्दनलाई संगठन र वर्षमानलाई अर्थ

काठमाडौंँ । नेकपा (माओवादी केन्द्र) ले पार्टीका नेताहरूको नयाँ कार्यविभाजनसहित अन्तरपार्टी निर्देशन (अपानि) जारी गरेको छ । गत माघ २१ गते बसेको पार्टीका पदाधिकारीहरूको बैठकले पार्टी पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्मको नयाँ कार्यविभाजन गरेको हो । आइतबार महासचिव देव गुरुङले जारी गरेको  अपानिअनुसार अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई पार्टीको वैचारिक राजनीतिक क्षेत्रको संयोजक र स्कुल विभाग प्रमुखको जिम्मेवारी […]

Feb 9, 2025 - 13:12
 0
माओवादी नेताहरूको कार्यविभाजन : प्रचण्डलाई स्कुल विभाग, जनार्दनलाई संगठन र वर्षमानलाई अर्थ

काठमाडौंँ । नेकपा (माओवादी केन्द्र) ले पार्टीका नेताहरूको नयाँ कार्यविभाजनसहित अन्तरपार्टी निर्देशन (अपानि) जारी गरेको छ ।

गत माघ २१ गते बसेको पार्टीका पदाधिकारीहरूको बैठकले पार्टी पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्मको नयाँ कार्यविभाजन गरेको हो । आइतबार महासचिव देव गुरुङले जारी गरेको  अपानिअनुसार अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई पार्टीको वैचारिक राजनीतिक क्षेत्रको संयोजक र स्कुल विभाग प्रमुखको जिम्मेवारी तोकिएको छ ।

यस्तै वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ अन्तर्राष्ट्रिय विभाग प्रमुख र उपाध्यक्ष पम्फा भुसाल र सचिव सुरेन्द्र कार्कीलाई उपप्रमुखको जिम्मेवारी तोकिएको छ ।

यस्तै उपमहासचिव जनार्दन शमालाई संगठन विभाग प्रमुख, उपमहासचिव वर्षमान पुनलाई अर्थ तथा योजना विभाग प्रमुखको जिम्मेवारी तोकिएको छ ।

अर्का उपमहासचिव शक्तिबहादुर बस्नेतलाई प्राकृतिक स्रोत, ब्यवस्थापन क्षेत्र संयोजक, सचिव लीलामणि पोखरेललाई उर्जा, जलस्रोत सिञ्चाई विभाग प्रमुख र केन्द्रीय सदस्य युवराज दुलाललाई उपप्रमुखको जिम्मेवारी तोकिएको छ ।

पूर्वउपरराष्ट्रपति नन्दबहादुर पुनलाई माओवादी केन्द्रको आर्थिक उत्पादन संयन्त्र इन्चार्जको जिम्मेवारीमा राखिएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register