भारतमा विभिन्न घटनामा ११ जनाको मृत्यु

एजेन्सी । भारतका दुई फरक स्थानमा भएका छुट्टाछुट्टै घटनामा कम्तीमा ११ जनाको मृत्यु भएको स्थानीय प्रहरीले आइतबार जानकारी दिएको छ । मध्य राज्य छत्तीसगढका एक प्रहरी अधिकारीका अनुसार विगत केही दिनमा सात जनाको मृत्यु भएको छ । यी मृत्युहरू राज्यको बिलासपुर जिल्लाको एउटा गाउँबाट रिपोर्ट गरिएको थियो । मृतक सबै ३५ देखि ६० वर्षका उमेरका […]

Feb 9, 2025 - 14:51
 0
भारतमा विभिन्न घटनामा ११ जनाको मृत्यु

एजेन्सी । भारतका दुई फरक स्थानमा भएका छुट्टाछुट्टै घटनामा कम्तीमा ११ जनाको मृत्यु भएको स्थानीय प्रहरीले आइतबार जानकारी दिएको छ ।

मध्य राज्य छत्तीसगढका एक प्रहरी अधिकारीका अनुसार विगत केही दिनमा सात जनाको मृत्यु भएको छ । यी मृत्युहरू राज्यको बिलासपुर जिल्लाको एउटा गाउँबाट रिपोर्ट गरिएको थियो ।

मृतक सबै ३५ देखि ६० वर्षका उमेरका थिए । केही स्थानीयले केही दिनअघि सामुदायिक भोज खाँदा पेटमा सङ्क्रमण भएको विश्वास गरेका थिए भने कतिपयले नक्कली मदिरा सेवन गरेका कारण मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

स्थानीय अधिकारीहरूले मृत्युको कारण अनुसन्धान गरिरहेका थिए ।

अर्को घटनामा, भारतको पश्चिमी राज्य गुजरातमा आइतबार बालुवाले भरिएको ट्रक पल्टिँदा चार जनाको मृत्यु भएको छ । घटना राज्यको बनासकांठा जिल्लाको थाराद राष्ट्रिय राजमार्गमा भएको हो ।

मृत्यु हुनेमा एक बालक र सडक निर्माण गर्ने तीन जना मजदुर रहेका छन् । सिन्ह्रा

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register