गभर्नरको नियुक्ति प्रक्रिया देखेरै लाजै लजाउने बेला भयो : अमरेशकुमार सिंह

काठमाडौं । स्वतन्त्र सांसद् अमरेशकुमार सिंहले गभर्नरमा पार्टीको कार्यकर्ता नियुक्त गर्न खोजेको भन्दै संसदमा विरोध जनाएका छन् । प्रतिनिधिसभामा बोल्दै सिंहले पार्टीबाट टिकट लिएर चुनाव लडेका व्यक्तिलाई गभर्नर नियुक्ति गर्न खोजेको भन्दै उनले विरोध जनाएका हुन् । काङ्ग्रेसको भागमा परेको गभर्नरमा विश्व पौडेललाई नियुक्त गर्न खोजिएपछि उनले आपत्ति जनाएका हुन् । चितवन १ बाट उनी […]

May 15, 2025 - 07:21
 0
गभर्नरको नियुक्ति प्रक्रिया देखेरै लाजै लजाउने बेला भयो : अमरेशकुमार सिंह

काठमाडौं । स्वतन्त्र सांसद् अमरेशकुमार सिंहले गभर्नरमा पार्टीको कार्यकर्ता नियुक्त गर्न खोजेको भन्दै संसदमा विरोध जनाएका छन् ।

प्रतिनिधिसभामा बोल्दै सिंहले पार्टीबाट टिकट लिएर चुनाव लडेका व्यक्तिलाई गभर्नर नियुक्ति गर्न खोजेको भन्दै उनले विरोध जनाएका हुन् ।

काङ्ग्रेसको भागमा परेको गभर्नरमा विश्व पौडेललाई नियुक्त गर्न खोजिएपछि उनले आपत्ति जनाएका हुन् । चितवन १ बाट उनी प्रतिनिधिसभा सदस्य निर्वाचनमा पराजित भएका थिए ।

‘पार्टीका मान्छे नियुक्ति गरेर हालीमुहाली गर्ने प्रवृत्ति गलत छ । कोही मर्‍यो भन्दा पनि काल पल्कियो भन्ने कुरामा डराउनुपर्छ । दलीय भागबन्डामा नियुक्तिमा लगाम लगाउनुपर्छ,’ उनले भने ।

उनले १० दिनमा सिफारिस समिति सदस्य परिवर्तन भइरहेको प्रति पनि आपत्ति जनाए । ‘प्रत्येक १० दिनमा नियुक्ति गर्ने कस्तो परिपाटी हो?’ उनको प्रश्न छ ।

राष्ट्र बैंकको सिफारिस समितिबाट पूर्वगभर्नर विजनाथ भट्टराईले राजीनामा दिएका थिए । त्यसपछि महाप्रसाद अधिकारीलाई सरकारले नियुक्त गर्‍यो । विश्व पौडेलले सिफारिस समितिबाट राजीनामा दिएसँगै पोषराज पाण्डेलाई नियुक्त गरिएको छ ।

सरकारले महिला भएकै आधारमा डेपुटी गभर्नरलाई गभर्नर नबनाएको भन्दै उनले प्रश्न गरेका छन् । ‘के महिला भएकै कारणले डेपुटी गभर्नरलाई गभर्नर नबनाइएको हो?’ उनको प्रश्न छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register