चीनले १४ अर्ब डलरको अमेरिकी सामानमा लगायो भन्सार महसुल

काठमाडौं । चीनले अमेरिकी भन्सार महसुलको जवाफमा १४ अर्ब डलर बराबरको सामानमा महसुल लगाएको छ । यससँगै विश्वका दुई ठूला अर्थतन्त्रबीचको व्यापार युद्ध टर्ने सम्भावना नदेखिएको बीबीसीले जनाएको छ । अघिल्लो साता चीनबाट आयात हुने सम्पूर्ण सामानमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले १० प्रतिशत भन्सार महसुल लगाउने घोषणा गरेका थिए । लगत्तै बेइजिङले आवश्यक जवाफ दिने […]

Feb 10, 2025 - 09:54
 0
चीनले १४ अर्ब डलरको अमेरिकी सामानमा लगायो भन्सार महसुल

काठमाडौं । चीनले अमेरिकी भन्सार महसुलको जवाफमा १४ अर्ब डलर बराबरको सामानमा महसुल लगाएको छ ।

यससँगै विश्वका दुई ठूला अर्थतन्त्रबीचको व्यापार युद्ध टर्ने सम्भावना नदेखिएको बीबीसीले जनाएको छ ।

अघिल्लो साता चीनबाट आयात हुने सम्पूर्ण सामानमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले १० प्रतिशत भन्सार महसुल लगाउने घोषणा गरेका थिए । लगत्तै बेइजिङले आवश्यक जवाफ दिने बताएको थियो ।

यद्यपि, चीनले लगाएको यो कर अमेरिकाको भन्दा केही फरक छ । अमेरिकाले चीनबाट आयात हुने सम्पूर्ण सामानमा कर लगाउँदा चीनले भने ग्यास, कोइला, कच्चा तेल, कृषि सामग्री र केही गाडीका पार्टपुर्जामा १० देखि १५ प्रतिशतसम्म कर लगाएको छ । यसले वार्ताका लागि केही ठाउँ छाडेको बताइएको छ ।

तर, आइतबार वासिङ्टनस्थित चिनियाँ दूतावासले सोमबार चिनियाँ समयअनुसार मध्यरातिदेखि महसुल लागू भएको बताएको छ ।

चीनले २५ दुर्लभ धातु निर्यातमा पनि प्रतिबन्ध लगाएको छ । ती धातु विद्युतीय सामग्री र सैन्य सामग्री निर्माणमा प्रयोग हुन्छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register