के छ हर्कले अख्तियारलाई पठाएको जवाफी पत्रमा

काठमाडौं । धरान उपमहानगरपालिकाका प्रमुख हर्क सापाङले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई जवाफी पत्र पठाएका छन् । शुक्रबार प्रमुख सापाङले अख्तियारले पठाएको श्रम संस्कृति पार्कबारेको पत्रको जवाफ दिदैं  फोहोरै फोहोर रहेको  पार्कलाई बगैँचाको रूपमा परिणत गरेको बताएका छन् । सापाङले पठाएको  पत्रको जवाफमा  ऐन विपरीत कुनै किसिमको योजना नगरिएको उल्लेख छ । ‘यो पार्क कुनै बजेटको […]

Jan 10, 2025 - 15:24
 0
के छ हर्कले अख्तियारलाई पठाएको जवाफी पत्रमा

काठमाडौं । धरान उपमहानगरपालिकाका प्रमुख हर्क सापाङले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई जवाफी पत्र पठाएका छन् ।

शुक्रबार प्रमुख सापाङले अख्तियारले पठाएको श्रम संस्कृति पार्कबारेको पत्रको जवाफ दिदैं  फोहोरै फोहोर रहेको  पार्कलाई बगैँचाको रूपमा परिणत गरेको बताएका छन् ।

सापाङले पठाएको  पत्रको जवाफमा  ऐन विपरीत कुनै किसिमको योजना नगरिएको उल्लेख छ ।

‘यो पार्क कुनै बजेटको योजना नभएर जनताको श्रम प्रतिको सम्मान र धमदान अनि योगदानको इतिहास हो । बजेटको काम नभएकोले सार्वजनिक खरिद गर्न नपरेको जानकारी गराउँदछु १ जे गर्दैछन् जनताले आफ्नै खर्चले गर्दैछन् ।’ उनले पत्रमा भनेका छन्, ‘सरकारी पैसा प्रयोग भएको छैन । दाताले खाना खानु भनेर दिएको पैसाको खाना खाको कुरा सरकारले खोज्नु हुन्न । नेताहरूले विदेश भ्रमणमा कति खाए कार्यकर्ताले सभा सम्मेलनमा कति खाए राज्यको कोष कसरी दुरुपयोग भयो र हुँदैछ त्यसतर्फ ध्यान दिनु उचित हुन्छ ।’

 

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register