दक्षिण कोरियाको तेल भण्डारण ट्याङ्की विष्फोट : एक जनाको मृत्यु

सियोल । दक्षिण कोरियाको तेल भण्डारण ट्याङ्की विष्फोटमा परी सोमबार एक कामदारको मृत्यु भएको छ । साथै अन्य केही घाइते भएको योनहाप समाचार एजेन्सीले जनाएको छ । राजधानी सियोलबाट करिब ३०० किलोमिटर दक्षिणपूर्वमा रहेको उल्सानको एउटा कारखानामा स्थानीय समयअनुसार बिहान ११ः१५ बजे विष्फोट भएको हो । घटनास्थलमा उपस्थित एक जनालाई अचेत अवस्थामा शल्यक्रियाका लागि अस्पताल […]

Feb 11, 2025 - 01:30
 0
दक्षिण कोरियाको तेल भण्डारण ट्याङ्की विष्फोट : एक जनाको मृत्यु

सियोल । दक्षिण कोरियाको तेल भण्डारण ट्याङ्की विष्फोटमा परी सोमबार एक कामदारको मृत्यु भएको छ । साथै अन्य केही घाइते भएको योनहाप समाचार एजेन्सीले जनाएको छ ।

राजधानी सियोलबाट करिब ३०० किलोमिटर दक्षिणपूर्वमा रहेको उल्सानको एउटा कारखानामा स्थानीय समयअनुसार बिहान ११ः१५ बजे विष्फोट भएको हो ।

घटनास्थलमा उपस्थित एक जनालाई अचेत अवस्थामा शल्यक्रियाका लागि अस्पताल लगिएको थियो, तर पछि उनको मृत्यु भएको थियो ।

ट्याङ्कीको माथि रहेको ह्याच खोलेर भित्र रहेको पेट्रोकेमिकलको मात्रा जाँच गर्ने क्रममा विष्फोटमा परी दुईजना घाइते भएको अनुमान गरिएको छ ।

विष्फोटपछि लागेको आगो निभाउन दमकल सहितको उपकरण परिचालन गरेको थियो ।

आगलागी भएको ट्याङ्कीको वरिपरि लुब्रिकेन्ट, बायोडिजेल र अन्य चार–पाँचवटा ट्याङ्की थिए । करिब तीन घण्टापछि आगो पूर्ण रुपमा निभाइएको थियो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register