के भन्छन् सभापति कपको उपाधिका लागि भिड्ने टोलीहरू ?

काठमाडौं । सभापति कप फुटबल प्रतियोगिता २०८१ मा सहभागी हुने टोलीहरुले आफ्नो तयारी राम्रो भएको बताएका छन् । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आयोजित प्री–म्याच कन्फरेन्समा बोल्दै व्यवस्थापक, टिम अफिसियल तथा कप्तानले तयारी राम्रो भएको बताए । कार्यक्रममा सम्पूर्ण टोलीले आफ्नो तयारी र खेलाडीको अवस्थाबारे जानकारी गराएका हुन् । मछिन्द्र क्लब लगभग एक महिना देखिसँगै मोफसल खेलिरहेको […]

Jan 22, 2025 - 12:19
 0
के भन्छन् सभापति कपको उपाधिका लागि भिड्ने टोलीहरू ?

काठमाडौं । सभापति कप फुटबल प्रतियोगिता २०८१ मा सहभागी हुने टोलीहरुले आफ्नो तयारी राम्रो भएको बताएका छन् ।

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आयोजित प्री–म्याच कन्फरेन्समा बोल्दै व्यवस्थापक, टिम अफिसियल तथा कप्तानले तयारी राम्रो भएको बताए ।

कार्यक्रममा सम्पूर्ण टोलीले आफ्नो तयारी र खेलाडीको अवस्थाबारे जानकारी गराएका हुन् ।

मछिन्द्र क्लब


लगभग एक महिना देखिसँगै मोफसल खेलिरहेको टोलीले नै यस प्रतियोगितामा प्रतिस्पर्धा गर्ने कप्तान विशाल श्रेष्ठले बताए ।

उनले भने, ‘हरेक प्रतियोगिता जित्नको लागि खेल्छौँ र यो पनि जितको लागि खेल्छौँ ।

उनले प्रतियोगिता कसले आयोजना गर्नेभन्दा पनि प्रतियोगिता आयोजना हुनु नै राम्रो भएको बताए । ‘सबैभन्दा राम्रो भनेको टुर्नामेन्ट हुनु राम्रो हो । खेल भइरहँदा हामीलाई फाइदा पुग्छ बरु अन्य पार्टीले पनि आयोजना गर्दा हुन्छ । हामीलाई खेल्ने माहोल बनाइदिनु भएकोमा समस्त खेलाडीकोतर्फबाट धन्यवाद भन्न चाहन्छु,’ श्रेष्ठले बताए ।

टिम धेरैपछि दशरथ रङ्गशालामा खेल खेल्नु पाउँदा खेलाडी तथा प्रशिक्षक खुशी भएको टिम प्रशिक्षकले बताए । उनले तालिमको क्रममा बनाएको योजनालाई एक्जिक्युट गर्न टोली तयार रहेको बताए ।

न्यूरोड टिम एनआरटी

मोफसलमा खेल्न गइरहेको टोलीले नै खेल्न लागेको एनआरटीका टिम व्यवस्थापक सुरेन्द्रकुमार श्रेष्ठले बताए । उनले टोलीको प्रशिक्षक जीवन सिंकेमान रहेको जानकारी दिए । कप्तानमा भने अञ्जन विष्ट रहेका छन् ।

नेपालमा राम्रो धनरासी भएको खेलको प्रतियोगिता भएको र उपाधि जित्ने लक्ष्य रहेको एनआरटीका टिम अफिसियलले बताए ।

सङ्कटा एफसी

सङ्कटा क्लबको उपाध्यक्ष राजुमान तुलाधार तथा टोलीको व्यवस्थापक र सचिव आशिष मान सिंहले टोलीको प्रतिनिधित्व गरे ।

तयारी युवा खेलाडी समावेश गरेकोले टिम राम्रो बनेको र च्याम्पियन बन्ने हिसाबले टिम बनाएको अफिसियलले बताए ।

टिम कप्तान गोलकिपर दीप कार्की, सुदीप गुरुङ, लच्छु थापा, राम थापा, पीटर सेगुन, रिकार्ड, कार्लोस आदि खेलाडी टोलीमा आबद्ध छन् ।

चर्च ब्वाईज यूनाइटेड

टिम अफिसियल लविश राईले चर्च ब्वाईज युनाइटेडको प्रतिनिधित्व गरेका छन् ।

टोली सिक्किमबाट फर्किरहेको चर्च ब्वाईज युनाइटेडका अफिसियलले बताए । यस सिजनमा करिब ७–८ गोल्डकपमा भाग लिएको टोली नै मैदान उत्रने बताए ।

बागमती क्लब

छोटो समयमा पनि राम्रो टिम तयार पारेको आयोजकको टोली लोकतान्त्रिक बागमती क्लबले बताएको छ । प्रतियोगितामा उपाधिको दाबेदारी प्रस्तुत गर्ने आशा लिएको टिम अफिसियले बताए ।

बागमतीले मध्यपुर युथ असोसिएसनबाट खेलिरहेका खेलाडी तथा सम्झौतामा नभएका खेलाडीलाई आबद्ध गरेको टिम अफिसियलले जानकारी गराएका छन् ।

कार्यक्रममा टिम अफिसियल उज्वल श्रेष्ठ र रवि प्रजापतिले बागमतीको प्रतिनिधित्व गरे । मुख्य प्रशिक्षक प्रकाश वैद्य रहेका छन् । पूजन होना गोलरक्षक गरेको टिम अफिसियलले बताए ।

एपीएफ

एपीएफले पनि प्रतियोगिताका लागि राम्रो तयारी गरेको बताएको छ । कार्यक्रममा उपस्थित क्लबका प्रतिनिधिले उपाधिका लागि खेल्न आएको बताएका छन् ।

यस्तै, नेपाल पुलिस क्लब र फ्रेन्डस् क्लबका प्रतिनिधि भने कार्यक्रममा उपस्थिति थिएनन् । प्रतियोगितमा कुल ८ टोलीबीच प्रतिस्पर्धा हुनेछ ।

प्रतियोगिताको बेस्ट गोलकिपरले ७५ हजार रुपैयाँ, बेस्ट गोलकिपरले ५० हजार रुपैयाँ, बेस्ट योङ प्लेयर २५ हजार, टप स्कोरर ५० हजार रुपैयाँ।

विजेताले २६ लाख रुपैयाँ र उपविजेताले १३ लाख रुपैयाँ प्राप्त गर्नेछ ।

उद्घाटन खेलमा चर्च ब्वाइज युनाइटेड क्लब र सङ्कटा क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register