नेपालको बजेटभन्दा ६०० प्रतिशत बढीमा च्याटजीपीटी निर्माता ओपनएआई खरिद गर्ने एलन मस्कको प्रस्ताव
काठमाडौं । सिलिकन भ्यालीमा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को प्रतिस्पर्धा चर्किरहेको बेला अर्बपति उद्यमी एलन मस्कले ओपनएआई खरिद गर्ने प्रस्ताव राखेका छन् । मस्कले सोमबार बिहान ‘गैर-नाफामुखी’ संस्था ओपनएआईलाई ९७.४ अर्ब अमेरिकी डलर (करिब १३६ खर्ब ३ अर्ब रुपैयाँ)मा खरिद गर्ने प्रस्ताव ओपनएआई बोर्डमा पठाएका हुन् । वाल स्ट्रिट जर्नलका अनुसार, एलन मस्कको एआई कम्पनी एक्सएआई र अन्य ठूला लगानीकर्ता जस्तै थेलर इक्विटी पार्टनर्स, हलिउडका ठूला व्यवसायी एरी इमानुएल तथा पलान्टिरका सहसंस्थापक जो लोन्सडेलको भेन्चर फर्म एट भी...

What's Your Reaction?






