एस. के इनर्जी डेभलपमेन्टले आइपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा सानिमा क्यापिटल नियुक्त

काठमाडौँ । एस. के. इनर्जी डेभलपमेन्ट लिमिटेडले आइपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा २० करोड ८० लाख रुपैयाँ बराबरको २० लाख ८० हजार कित्ता आइपीओ निष्काशन गर्ने भएको हो । आइपीओ निष्काशनका लागि कम्पनीले सानिमा क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धकको रुपमा नियुक्त गरेको छ । बिक्री प्रबन्धक नियुक्ति […]

Feb 11, 2025 - 09:09
 0
एस. के इनर्जी डेभलपमेन्टले आइपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा सानिमा क्यापिटल नियुक्त

काठमाडौँ । एस. के. इनर्जी डेभलपमेन्ट लिमिटेडले आइपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा २० करोड ८० लाख रुपैयाँ बराबरको २० लाख ८० हजार कित्ता आइपीओ निष्काशन गर्ने भएको हो ।

आइपीओ निष्काशनका लागि कम्पनीले सानिमा क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धकको रुपमा नियुक्त गरेको छ ।

बिक्री प्रबन्धक नियुक्ति सम्बन्धि सम्झौता पत्रमा एस.के. इनर्जी डेभलपमेन्ट लिमिटेडका तर्फबाट अध्यक्ष वीर बहादुर राई र सानिमा क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत भिष्म राज चालिसेले हस्ताक्षर गरेका हुन् ।

एस.के. इनर्जी डेभलपमेन्ट लिमिटेडले भोजपुर जिल्लाको षडानन्द नगरपालिका भएर बग्ने श्याम खोलाको पानीको बहाव सदुपयोग गरी ७.२ मे.वा. क्षमताको श्याम खोला जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register