नेपाल लाइफको २५औँ वार्षिक साधारण सभा सम्पन्न, लाभांश प्रस्ताव पारित

काठमाडौँ । नेपाल लाइफ इन्स्योरेन्सको २५औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनीको साधारणसभा माघ २८ गते कम्पनीका संचालक समिति अध्यक्ष गोविन्द लाल संघईको अध्यक्षतामा सम्पन्न भएको हो उक्त अवसरमा संचालक समितिका तर्फबाट अध्यक्षबाट प्रस्तुत भएको आर्थिक वर्ष २०८०/८१ को वार्षिक कार्य प्रगति प्रतिवेदन छलफल गरि पारित गरिएको छ । लेखापरीक्षकको प्रतिवेदन सहितको आर्थिक […]

Feb 11, 2025 - 09:18
 0
नेपाल लाइफको २५औँ वार्षिक साधारण सभा सम्पन्न, लाभांश प्रस्ताव पारित

काठमाडौँ । नेपाल लाइफ इन्स्योरेन्सको २५औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनीको साधारणसभा माघ २८ गते कम्पनीका संचालक समिति अध्यक्ष गोविन्द लाल संघईको अध्यक्षतामा सम्पन्न भएको हो

उक्त अवसरमा संचालक समितिका तर्फबाट अध्यक्षबाट प्रस्तुत भएको आर्थिक वर्ष २०८०/८१ को वार्षिक कार्य प्रगति प्रतिवेदन छलफल गरि पारित गरिएको छ । लेखापरीक्षकको प्रतिवेदन सहितको आर्थिक वर्ष २०८०/८१ को वासलात, नाफा-नोक्सान हिसाब र सोही अबधिको नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरु उपर छलफल गरी स्वीकृत गरिएको छ ।

सभाले आर्थिक वर्ष २०८१/८२ को लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गरेको छ ।

साधारण सभाले आर्थिक वर्ष २०८०/८१ को वितरण योग्य मुनाफाबाट संचालक समितिले प्रस्ताव गरे बमोजिम हाल कायम चुक्ता पूँजी  २१.०५ प्रतिशतले हुन आउने रकम १ अर्ब ७२ करोड ७९ लाख ९२ हजार ९ सय ५९ रुपैयाँ लाभांशको रुपमा प्रदान गर्ने जसमा १० प्रतिशत बोनस सेयर र ११.०५ प्रतिशत नगद लाभांश  प्रदान गर्ने प्रस्ताव सर्वसम्मतिबाट पारित गरेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register