सिमेन्टको मूल्यवृद्धिविरुद्द सांसदद्वारा सर्वोच्चमा रिट दायर 

काठमाडौँ । सिमेन्टमा भएको मूल्यवृद्धिविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ । माओवादी केन्द्रका मधेश प्रदेश सांसद रहबर अन्सारीले सर्वोच्चमा रिट दायर गरेका हुन् ।  उक्त रिटमा नेपाल सरकारका गृह मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, वाणिज्य आपूर्ति तथा उपभोक्ता विभाग र नेपाल सिमेन्ट उत्पादक संघलाई विपक्षी बनाइएको छ ।  रिटमा गत कार्तिक १ गतेसम्म […]

Feb 12, 2025 - 04:15
 0
सिमेन्टको मूल्यवृद्धिविरुद्द सांसदद्वारा सर्वोच्चमा रिट दायर 

काठमाडौँ । सिमेन्टमा भएको मूल्यवृद्धिविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ । माओवादी केन्द्रका मधेश प्रदेश सांसद रहबर अन्सारीले सर्वोच्चमा रिट दायर गरेका हुन् । 

उक्त रिटमा नेपाल सरकारका गृह मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, वाणिज्य आपूर्ति तथा उपभोक्ता विभाग र नेपाल सिमेन्ट उत्पादक संघलाई विपक्षी बनाइएको छ । 

रिटमा गत कार्तिक १ गतेसम्म ओपीसी सिमेन्ट प्रतिबोरा (करसहित) ४ सय ७२ रुपैयाँ पर्ने गरेको भए पनि मंसिर १७ गतेसम्म आइपुग्दा प्रतिबोरा (करसहित) ६ सय ३० रुपैयाँ पुगेको रिटमा दाबी गरिएको छ । साथै सिमेन्टमा भएको मूल्यवृद्धि नियन्त्रण गर्न पनि रिटमा माग गरिएको छ । 

सांसद अन्सारीले सिमेन्ट उद्योगीहरुले कच्चा पदार्थको कृतिम अभाव देखाएर सरकारसँगको मिलेमतोमा मूल्यवृद्धि गरिएको दाबी गरेका छन् । सिमेन्टमा भएको मूल्यवृद्धि सार्वजनिक चासोको विषय भएकाले पनि यो विषयको अन्तिम किनारा नलाग्दासम्म सिमेन्टको मूल्य पहिलेकै उचित मूल्यमा उपलब्ध गराउन पनि रिटमा माग गरिएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register