कश्मीर हमलापछि भारतले बन्द गरायो दर्जनौँ रिसोर्ट

झापा, १७ बैशाख । भारतको कश्मीरका अधिकारीहरूले सो क्षेत्रमा रहेका आधाभन्दा बढी रिसोर्ट अस्थायी रूपमा बन्द गराएका छन् । यो निर्णय कश्मीरको पहलगामनजिकैको रिसोर्टहरू भएको क्षेत्रमा बन्दुकधारीले २६ जनाको हत्या गरेको एक हप्तापछि भएको हो । हत्या हुनेमध्ये धेरै भारतीय पर्यटक थिए । नाम नबताउने सर्तमा कम्तीमा दुईजना प्रहरी अधिकारी र तीन प्रशासनिक अधिकारीले मंगलबार [...] The post कश्मीर हमलापछि भारतले बन्द गरायो दर्जनौँ रिसोर्ट appeared first on Jhapa Online.

Apr 30, 2025 - 04:02
 0
कश्मीर हमलापछि भारतले बन्द गरायो दर्जनौँ रिसोर्ट

झापा, १७ बैशाख । भारतको कश्मीरका अधिकारीहरूले सो क्षेत्रमा रहेका आधाभन्दा बढी रिसोर्ट अस्थायी रूपमा बन्द गराएका छन् । यो निर्णय कश्मीरको पहलगामनजिकैको रिसोर्टहरू भएको क्षेत्रमा बन्दुकधारीले २६ जनाको हत्या गरेको एक हप्तापछि भएको हो । हत्या हुनेमध्ये धेरै भारतीय पर्यटक थिए ।

नाम नबताउने सर्तमा कम्तीमा दुईजना प्रहरी अधिकारी र तीन प्रशासनिक अधिकारीले मंगलबार यो निर्णयको पुष्टि गरेको समाचार संस्था एपीले जनाएको छ । समाचारअनुसार सुरक्षा सावधानीका लागि ८७ वटा सरकारी अनुमतिमा चल्ने रिसोर्टमध्ये ४८ वटा बन्द गर्ने निर्णय लिइएको छ । तर, यी स्थानहरू कतिको समयसम्म पर्यटकका लागि प्रतिबन्धित हुनेछन् भन्ने स्पष्ट गरिएको छैन ।

गतहप्ता पर्यटकमाथि भएको आतंककारी हमलाले भारत र पाकिस्तानबीच तनाव बढाएपछि यस क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ । यसघटनाले भारत र पाकिस्तानबीच प्रतिशोधात्मक कूटनीतिक कदमहरू सुरु गर्‍यो भने भिसा रद्द गरेको छ ।

नयाँदिल्लीले इस्लामाबादसँगको महत्त्वपूर्ण पानी बाँडफाँट सन्धि निलम्बन गर्दै पाकिस्तानसँगको सीमा बन्द गर्ने आदेश दिएको छ । प्रतिक्रियास्वरूप पाकिस्तानले भारतीय एयरलाइन्सप्रति आफ्नो वायुसीमा बन्द गरेको छ ।

The post कश्मीर हमलापछि भारतले बन्द गरायो दर्जनौँ रिसोर्ट appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register