पूर्वबाट रातो सूर्य उदाउँदै छ, यसले देशव्यापी ऊर्जा दिनेछ : प्रचण्ड

मोरङ, १३ फागुन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्नो पार्टीको पक्षमा देखिएको जनताको आकर्षणले पूर्वबाट रातो सूर्य उदाउँदै गरेको आभास भएको बताएका छन्। जनतासँग माओवादी तराई मधेस जागरण अभियानअन्तर्गत मंगलबार मोरङको रमाइलो बजारको खबरदारी सभामा प्रचण्डले पूर्वमा देखिएको पार्टीप्रतिको आकर्षणले देशव्यापी ऊर्जा दिने बताएका हुन्। पछिल्लो समय पूर्वमा माओवादी र यसको [...] The post पूर्वबाट रातो सूर्य उदाउँदै छ, यसले देशव्यापी ऊर्जा दिनेछ : प्रचण्ड appeared first on Jhapa Online.

Feb 25, 2025 - 08:00
 0
पूर्वबाट रातो सूर्य उदाउँदै छ, यसले देशव्यापी ऊर्जा दिनेछ : प्रचण्ड

मोरङ, १३ फागुन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्नो पार्टीको पक्षमा देखिएको जनताको आकर्षणले पूर्वबाट रातो सूर्य उदाउँदै गरेको आभास भएको बताएका छन्।

जनतासँग माओवादी तराई मधेस जागरण अभियानअन्तर्गत मंगलबार मोरङको रमाइलो बजारको खबरदारी सभामा प्रचण्डले पूर्वमा देखिएको पार्टीप्रतिको आकर्षणले देशव्यापी ऊर्जा दिने बताएका हुन्।

पछिल्लो समय पूर्वमा माओवादी र यसको एजेन्डाप्रति देखिएको आकर्षणले पूर्वमा रातो सूर्य उदाएको छ भन्ने उक्ति चरितार्थ हुँदै गरेको बताउँदै अध्यक्ष प्रचण्डले पछिल्लो स्थानीय तहको उपनिर्वाचनसम्म आइसक्दा यो व्यावहारिक रूपमै पुष्टि भएको पनि बताए। उनले ८४ को निर्वाचनमा पुग्दा यसको देशव्यापी प्रभाव देखिएको पनि बताए। पछिल्लो समय वर्ग र समुदायसँग अलि टाढा हुँदै गएको अनुभूतिसहित फेरि आफ्नो वर्ग र समुदायमा फर्कने निर्णयले जनतामा नयाँ उत्साह ल्याएको उनले बताए।

उत्पीडित समुदायको प्रत्यक्ष सहभागितामा भएको जनयुद्धले सबै क्षेत्रमा ऐतिहासिक जागरण ल्याएको र २०६४ सम्म आउँदा जनताले माओवादीलाई विश्वास गरे पनि पार्टी आफै सम्हालिन नसकेको उनको भनाइ छ। आफ्ना एजेन्डा सम्हाल्न नसक्दा आफ्नो वर्ग र समुदायले नै आशंका गर्ने अवस्था बन्न पुगेको पनि अध्यक्ष प्रचण्डले बताए। उनले गम्भीर आत्मसमीक्षासहित पार्टी फेरि आफ्नै वर्गमा फर्केको बताए।

‘अहिले एकातिर जनताले चाहे जति अधिकार पूर्ण नभएको र अर्कोतिर नेपाली कांग्रेस, नेकपा (एमाले) जस्ता दलहरूले भएकै संविधान लागू गर्न चाहिरहेका छैनन्। ती दलले संविधानमा जता हेर्दा पनि माओवादीकै एजेन्डा देख्ने गरेका छन्। जनताले पाएको अधिकार सुनिश्चित गर्दै सबै जाति, भाषा र संस्कृतिको रक्षा तथा समुदायको पहिचान स्थापित गर्न अब आफ्नो पार्टीले नेतृत्व गर्ने र त्यसमा आम उत्पीडित समुदायले साथ दिनुर्छ,’ उनले भने।

अब उत्पीडित समुदायले पाएको अधिकार खोस्नु इतिहासको चक्का उल्टोतिर घुम्नुसरह भएको अध्यक्ष प्रचण्डको भनाइ छ। आफ्नो पार्टी उत्पीडित समुदायको पक्षमा रहेको संकल्प गर्न अभियान ल्याएर आएको बताए।

‘आजको दिनमा नेपाल राष्ट्र र नेपाली जनताको अधिकारको रक्षा माओवादी बाहेक कसैले गर्न नसक्ने स्पष्ट गर्दै साथ सहयोगका लागि आग्रह गर्न चाहन्छु। हिजो माओवादी केन्द्रले कसैले दया मायाले ठूलो पार्टी बनाएको होइन। नेपाली जनताको बलले स्थापित भएको हो। अब पनि जनताको एकताबद्ध प्रयासबाट हामीहरू अगाडि बढ्छौं,’ उनले भने।

उनले आगामी चुनावमा गठबन्धन राजनीतिको भुल नदोहोर्‍याउने पनि बताए। विगतमा कहिले कांग्रेस, कहिले एमालेसँग गठबन्धन गर्दा उनीहरूलाई फाइदा भएको, माओवादीलाई घाटा भएको र जनताका एजेन्डा कमजोर भएकाले अब त्यस्तो भुल नदोहोर्‍याउने उनले बताए।

The post पूर्वबाट रातो सूर्य उदाउँदै छ, यसले देशव्यापी ऊर्जा दिनेछ : प्रचण्ड appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register