‘मेरो भ्वाइस्’ र ‘मेरो डान्स’ अडिसनका लागि इन्ट्रा फाउण्डेसन टीम बेलायतमा

लन्डन- बेलायतमा हुने ‘मेरो भ्वाइस् युनिभर्स’ र ‘मेरो डान्स युनिभर्स’ सिजन २ को स्थलगत अडिसनका लागि आयोजक ‘इन्ट्रा नेशनल वेलफेयर एण्ड सपोर्ट फाउण्डेसन अफ अमेरिका’ को टोली लन्डन आइपुगेको छ। यही १५ फेब्रुअरी शनिबार अल्डरसटको एम्पायर हलमा दुवै शोको अडिसन सञ्चालन गर्न आयोजक फाउन्डेसन अध्यक्ष डिल्ली अधिकारीको नेतृत्वमा दश जनाको टीम बुधबार बिहान लन्डन उत्रिएको […]

Feb 12, 2025 - 19:26
 0
‘मेरो भ्वाइस्’ र ‘मेरो डान्स’ अडिसनका लागि इन्ट्रा फाउण्डेसन टीम बेलायतमा

लन्डन- बेलायतमा हुने ‘मेरो भ्वाइस् युनिभर्स’ र ‘मेरो डान्स युनिभर्स’ सिजन २ को स्थलगत अडिसनका लागि आयोजक ‘इन्ट्रा नेशनल वेलफेयर एण्ड सपोर्ट फाउण्डेसन अफ अमेरिका’ को टोली लन्डन आइपुगेको छ।

यही १५ फेब्रुअरी शनिबार अल्डरसटको एम्पायर हलमा दुवै शोको अडिसन सञ्चालन गर्न आयोजक फाउन्डेसन अध्यक्ष डिल्ली अधिकारीको नेतृत्वमा दश जनाको टीम बुधबार बिहान लन्डन उत्रिएको हो।

लन्डन हिथ्रो विमानस्थल उत्रिंदा फाउण्डेसन टीमलाई बेलायत अडिसन संयोजक कलाकार मनसुदन थापाले स्वागत गरेका थिए।

यूके अडिसनकै लागि नेपालबाट कलाकारहरु केकी अधिकारी, सुनिता दुलाल र सञ्चारकर्मी नरेश भट्टराईसमेत विहीबार बेलुका लन्डन आइपुग्दैछन् भने अभिनेता धिरेन शाक्य बेलायत आइसकेका छन्।

यूके अडिसनमा अहिलेसम्म २० जनाले नाम दर्ता गराइसकेको संयोजक मनसुदन थापामगरले जानकारी दिए । उनले इच्छुक प्रतिभाहरुले अझै पनि फाउन्डेसनको वेवसाइटमार्फत् नाम दर्ता गर्न सक्ने बताए । अनलाइन वा फिजिकल दुवै माध्यमबाट अडिसनमा भाग लिन सकिने भन्दै संयोजक मगरले अडिसन कार्यक्रम निशुल्क भएकाले सबैलाई उपस्थित भएर नव प्रतिभाहरुमा हौसला प्रदान गर्न समेत अनुरोध गरेका छन्।

आयोजक इन्ट्रा फाउण्डेसनका अध्यक्ष डिल्ली अधिकारीलाई स्वागत गर्दै बेलायत अडिसन संयोजक मनसुदन थापा।

विश्वभर छरिएर रहेका नेपालीभाषी समुदायका गायन र नृत्य क्षेत्रका उत्कृष्ट प्रतिभा पहिचान गर्ने लक्ष्यसहित घोषित यी रियालिटी शोको लागि संसारका विभिन्न देश पुगेर अडिसन लिने योजनाअनुरुप आयोजक बेलायत आएका हुन्।

युरोपमा बेलायतबाहेक पोर्चुगल, पूर्वी एसियामा थाइल्याण्ड, हङकङ र जापान, मध्यपूर्वमा दुबई र कतार, अष्ट्रेलियामा सिड्नी, भारतमा सिलिगुरी र मुम्बइ एवं नेपालमा बिर्तामोड, नेपालगन्ज, पोखरा र काठमाडौंमा अडिसनहरु हुनेछन्।

‘भ्वाइस्’ र ‘डान्स’ दुवै विधामा विजेतालाई १ करोड रुपियाको पुरस्कार छ भने पहिलो रनर अपलाई २५ लाख, दोस्रो रनरअपलाई १० लाख तथा टप टेनमा पर्ने सबैलाई एक एक लाख रुपैया नगदसहितको पुरस्कार दिइनेछ ।

‘मेरो भ्वाइस् युनिभर्स’ मा वरिष्ठ गायक दीप श्रेष्ठ, संगीतकार सुरेश अधिकारी, गायकहरु शिव परियार र पुष्पन प्रधान, गायिकाहरु अन्जु पन्त र तृष्णा गुरुङ निर्णायकको भूमिकामा छन्। ’मेरो डान्स युनिभर्स सिजन २’ को निर्णायकमा वरिष्ठ कलाकार मिथिला शर्मा, नायक दिलिप रायमाझी,  अभिनेतृ शिल्पा मास्के तथा कोरियोग्राफरहरु शंकर विसी, कविराज गहतराज र किरण थापा छन्।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register