बेक्सली नेपाली समाजले नेपाली भाषा कक्षामा वसन्त पञ्चमी मनाए

Feb 8, 2022 - 10:33
Feb 8, 2022 - 10:47
 0
बेक्सली नेपाली समाजले नेपाली भाषा कक्षामा वसन्त पञ्चमी मनाए

बेक्सली नेपाली समाजले नेपाली भाषा कक्षामा वसन्त पञ्चमी पुजा कार्यक्रम ।

सरस्वती पूजा: बेक्सली नेपाली समाजले नेपाली भाषा कक्षामा सरस्वती पूजालाई पूर्ण गौरव र सम्मानका साथ मनाएको छ ।

कोरोनाका कारण रोकिएको नेपाली भाषाको कक्षा अहिले यस सत्रबाट पूर्णरुपमा सुचारु भएको छ ।

नेपाली कक्षाका शिक्षिका अहिल्या कुवरजीका अनुसार हाम्रो सांस्कृतिक सम्पदाको प्रवद्र्धन गर्न र बालबालिकालाई आफ्नो संस्कृति जान्न प्रोत्साहित गर्न यो कक्षाको आयोजना गरिएको हो ।

हाम्रा चाडपर्व र संस्कारलाई विभिन्न समयमा नयाँ पुस्तालाई हस्तान्तरण गर्ने हामी नेपाली हौँ । यो हाम्रो कला, साहित्य, धर्म र संस्कृति हो भनेर बालबालिकालाई मात्र होइन युवाहरूलाई पनि जानकारी गराउने बेला आएको छ ।

ह्यारिस एकेडेमीमा हरेक आइतबार दिउँसो ३ देखि ४ बजेसम्म नेपाली कक्षामा ३६ जना बालबालिका छन् । धेरै बच्चाहरू अझै पनि कक्षाको लागि प्रतीक्षा सूचीमा छन्।

सामान्य कक्षा सञ्चालन गरेर कक्षाको अन्त्यमा सरस्वती पूजा सम्पन्न भएको थियो ।यसैले बालबालिकाले संस्कृति बुझोस् भन्ने उद्देश्यले विद्यालयमा सरस्वती पूजा मनाएका हौँ ।

अर्का शिक्षिका सरिता शर्माले को उचारणवाट पूजा सुरु गर्नु भएको थियो। बच्चाहरुलाइ सरस्वती बन्दना गराएर सरस्वतीको फोटो मा फूलमाला प्रासाद चडाएर पूजा गरिएको थियो । बच्चाहरु अत्यन ह्रसित तथा उत्साहीत थिए। पूजा कार्यक्रममा नेपाली कक्षा संयोजक समितिका सदस्यहरु, दिपेन्द्र सिटैला, विजेता गैतम, कमल गुरुङ लगायत अरु समाजका सदस्यहरु  उपस्थित हुनुहुन्थ्यो ।

बेक्स्ली नेपाली समाजका अध्यक्ष आनन्द  घरेलको  स्वास्थ्य अवस्था केही ठीक नभएको हुनाले उँहा कार्यक्रममा उपस्थिति हुन सक्नुभएन । उहाँको सीघ्र स्वास्थलाभ को कामना सहित पुञ्ज कार्यक्रम सम्पन्न भयो।  

शिक्षिका 
अहिल्या कुँवर

पूजा कार्यक्रमका केहि झलकहरु :

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

Yubaraj हामी जनता, हाम्रो सभ्यता र हाम्रो राष्ट्रको लागि महत्त्वपूर्ण समाचार ल्याउने र विश्लेषण गर्ने प्रयास गर्छौं। तपाईंले निम्न सामाजिक मिडियामा हामीलाई 'फलो'गर्न सक्नुहुन्छ: Dununu: https://www.dununu.com/yubasedai Twitter: https://twitter.com/HamroGlobal