कोटीहोम नरोक्न पोखरा महानगरलाई उच्च अदालतको आदेश
पोखरा । पोखरा महानगरपालिकालाई उच्च अदालत पोखराले मानव सेवा फाउण्डेसनले गर्ने भनेको कोटीहोम नरोक्न अन्तरिम आदेश दिएको छ । मानव सेवा फाउण्डेसनले कोटीहोममा महानगरले अवरोध गरेको भन्दै दायर गरेको रिटमा न्यायाधीश डा. रत्नबहादुर बागचन्दको इजलासले अन्तरिम आदेश जारी हुन नपर्ने कारणसहित १५ दिनभित्र जवाफ पठाउन आदेश दिएको हो । आदेशमा भनिएको छ, ‘यसमा के कसो […]

पोखरा । पोखरा महानगरपालिकालाई उच्च अदालत पोखराले मानव सेवा फाउण्डेसनले गर्ने भनेको कोटीहोम नरोक्न अन्तरिम आदेश दिएको छ ।
मानव सेवा फाउण्डेसनले कोटीहोममा महानगरले अवरोध गरेको भन्दै दायर गरेको रिटमा न्यायाधीश डा. रत्नबहादुर बागचन्दको इजलासले अन्तरिम आदेश जारी हुन नपर्ने कारणसहित १५ दिनभित्र जवाफ पठाउन आदेश दिएको हो ।
आदेशमा भनिएको छ, ‘यसमा के कसो भएको हो, निवेदकको माग बमोजिमको आदेश किन जारी हुनु नपर्ने हो ? निवेदकको निवेदन माग बमोजिमको आदेश जारी हुनु नपर्ने भए आधार, कारण एवम् प्रमाण सहित १५ दिनभित्र लिखित जवाफ पेस गर्नु ।’
‘कोटीहीम विराट ज्ञान महायज्ञ सञ्चालन गर्दा कुनै किसिमको हानी नोक्सानी नपुग्ने र त्यस्तो हानी नोक्सानी पुग्न गएमा क्षतिपूर्ति व्यहोर्न निवेदक तयार रहेको प्रतिबद्धता समेत निवेदकका तर्फबाट भएको छ । त्यसैले सुविधा सन्तुलनको सिद्धान्त समेतका दृष्टिले प्रस्तुत निवेदनको अन्तिम टुङ्गो नलागेसम्म कोटीहोम महायज्ञ सञ्चालनमा कानुन बमोजिम बाहेक कुनै बाधा अवरोध उत्पन्न नगर्नु नगराउनु भनी अन्तरिम आदेश जारी गरिदिएको छ,’ आदेशमा भनिएको छ ।
What's Your Reaction?






