पालिकास्तरीय महिला फुटबल प्रतियोगिता : भद्रपुर नगरपालिका सेमिफाइनलमा प्रवेश

बिर्तामोड, १ फागुन । भद्रपुर नगरपालिका बिर्तामोडमा जारी प्रथम अन्तर पालिकास्तरीय महिला फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको अन्तिम क्वाटर फाइनल खेलमा शिवसताक्षी नगरपालिकालाई १(० गोलको अन्तरले पराजित गर्दै भद्रपुर नगरपालिका प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको हो । स्थानीय डोमलाल राजवंशी रंगशालामा भएको खेलमा भद्रपुरको जितका लागि सुजता पालुङवाले गरेको गोल नै निर्णायक [...] The post पालिकास्तरीय महिला फुटबल प्रतियोगिता : भद्रपुर नगरपालिका सेमिफाइनलमा प्रवेश appeared first on Jhapa Online.

Feb 13, 2025 - 15:34
 0
पालिकास्तरीय महिला फुटबल प्रतियोगिता : भद्रपुर नगरपालिका सेमिफाइनलमा प्रवेश

बिर्तामोड, १ फागुन । भद्रपुर नगरपालिका बिर्तामोडमा जारी प्रथम अन्तर पालिकास्तरीय महिला फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

आज भएको अन्तिम क्वाटर फाइनल खेलमा शिवसताक्षी नगरपालिकालाई १(० गोलको अन्तरले पराजित गर्दै भद्रपुर नगरपालिका प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको हो । स्थानीय डोमलाल राजवंशी रंगशालामा भएको खेलमा भद्रपुरको जितका लागि सुजता पालुङवाले गरेको गोल नै निर्णायक गोल बन्यो ।

उनले पहिलो हाफको २०औँ मिनेटमा गोल गरेकी थिइन् । खेलको प्लेयर अफ दी म्याच भद्रपुरकी सुजता पालुङवा घोषित हुँदै नगद ५ हजार पाउन सफल भइन् । यस संगै प्रतियोगिताको सेमिफाइनल समिकरण पूरा भएको छ । पहिलो सेमिफाइनल खेल भोलि शुक्रबार कन्काइ नगरपालिका र मेचीनगर नगरपालिकाबीच हुनेछ ।

फागुन ५ गते हुने फाइनल खेलको विजेताले नगद ३ लाखसहित आकर्षक ट्रफी पाउने छ । यस्तै, उपविजेताले नगद १ लाख ५० हजार प्राप्त गर्नेछ । प्रतियोगिता बिर्तामोड नगर खेलकुद विकास समितिले आयोजना गरेको हो ।

The post पालिकास्तरीय महिला फुटबल प्रतियोगिता : भद्रपुर नगरपालिका सेमिफाइनलमा प्रवेश appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register