बिर्तामोड नपा.को सिलाई कटाई, व्युटिपार्लर र व्याग बनाउने तालिमको सकियो

बिर्तामोड, ९ जेठ । बिर्तामोड नगरपालिकाले सञ्चालन गरेको सिलाई कटाई, व्युटिपार्लर र व्याग बनाउने तालिमको सकिएको छ । गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्तर्गत नगरपालिकाले सञ्चालन गरेको तालिमको आज सकिएको हो । २ महिने सिलाई कटाई तालिममा वडा नम्बर २, ५ र ९ का गरि २० जना सहभागि थिए । यस्तै २ महिना [...] The post बिर्तामोड नपा.को सिलाई कटाई, व्युटिपार्लर र व्याग बनाउने तालिमको सकियो appeared first on Jhapa Online.

May 23, 2025 - 16:47
 0
बिर्तामोड नपा.को सिलाई कटाई, व्युटिपार्लर र व्याग बनाउने तालिमको सकियो

बिर्तामोड, ९ जेठ । बिर्तामोड नगरपालिकाले सञ्चालन गरेको सिलाई कटाई, व्युटिपार्लर र व्याग बनाउने तालिमको सकिएको छ ।

गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्तर्गत नगरपालिकाले सञ्चालन गरेको तालिमको आज सकिएको हो । २ महिने सिलाई कटाई तालिममा वडा नम्बर २, ५ र ९ का गरि २० जना सहभागि थिए । यस्तै २ महिना देखिनै सञ्चालनमा रहेको व्युटिपार्लरको तालिममा वडा नम्बर २, ५, ७ र ९ का गरि ११ जनाको सहभागिता थियो । यसैगरि ४५ दिन सम्म सञ्चालन भएको व्याग बनाउने तालिममा १४ जना वडा नम्बर २ बाट सहभागि थिए ।

तालिममा सहभागि ४४ जनालाई प्रमाण पत्र प्रदान गरिएको छ । उमा कटुवाल भण्डारी र अर्चना बुढाथोकीले व्युटिसियन, महेन्द्रकुमार नेपालीले सिलाई कटाई र व्याग बनाउने तालिमको पिताम्बर खतिवडाले प्रशिक्षण प्रदान गर्नु भएको थियो ।

कार्यक्रममा बोल्दै नगर प्रमुख पवित्रा महतारा प्रसाईले तालिममा सिकेको सिपलाई सहि सदुपयोग गर्न सुझाव दिनुभयो । उहाँले सिपलाई व्यवसायसंग जोडेर आर्थिक लाभ लिनु पर्ने बताउनु भयो ।

यो आर्थिक वर्षको कार्यक्रम तालिका अनुसार अब प्रविधि हस्तान्तरण, स्तरोन्नति, वित्तिय साक्षरता र बजारीकरणका तालिमहरु गर्न बाँकी रहेको उद्यम विकास शाखा प्रमुख चनिमाया तामाङले जानकारी दिनु भयो ।

आर्थिक विकास समिति संयोजक संगिता सिवाको अध्यक्षतामा आयोजित तालिम समापन कार्यक्रममा नगर उप प्रमुख नगेन्द्र प्रसाद संग्रौला, उप सचिव तिलचन भण्डारी, कार्यपालिका सदस्य शर्मिला राजवंशी, तिला गौतम, वरिष्ठ योजना अधिकृत जय तिम्सिना, लेखा अधिकृत तेजिन्द्र तामाङ लगायतको सहभागिता रहेको थियो ।

The post बिर्तामोड नपा.को सिलाई कटाई, व्युटिपार्लर र व्याग बनाउने तालिमको सकियो appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register