नेपालमा ८१ प्रतिशतभन्दा बढी साइबर हिंसा फेसबुकबाट

काठमाडौं । नेपालमा ८१ प्रतिशतभन्दा बढि साइबर हिंसा तथा अपराध सामाजिक सञ्जाल फेसबुकबाट हुने गरेको एक अध्ययनले देखाएको छ । सुरक्षित इन्टरनेट दिवस २०२५ को सन्दर्भमा ‘अनलाइन दुर्व्यवहारबाट प्रभावित बालबालिका र महिलाको अवस्था तथा सुरक्षित इन्टरनेटका लागि सञ्चारकर्मीको भूमिका’ बिषयक अन्तरक्रिया कार्यक्रममा आइवर्ट नेपालका उपाध्यक्ष दिपान्जली लामाले प्रस्तुत गरेको कार्यपत्रमा यस्तो तथ्याङ्क राखेकी छन्  । […]

Feb 14, 2025 - 07:48
 0
नेपालमा ८१ प्रतिशतभन्दा बढी साइबर हिंसा फेसबुकबाट

काठमाडौं । नेपालमा ८१ प्रतिशतभन्दा बढि साइबर हिंसा तथा अपराध सामाजिक सञ्जाल फेसबुकबाट हुने गरेको एक अध्ययनले देखाएको छ ।

सुरक्षित इन्टरनेट दिवस २०२५ को सन्दर्भमा ‘अनलाइन दुर्व्यवहारबाट प्रभावित बालबालिका र महिलाको अवस्था तथा सुरक्षित इन्टरनेटका लागि सञ्चारकर्मीको भूमिका’ बिषयक अन्तरक्रिया कार्यक्रममा आइवर्ट नेपालका उपाध्यक्ष दिपान्जली लामाले प्रस्तुत गरेको कार्यपत्रमा यस्तो तथ्याङ्क राखेकी छन्  ।

लामाले प्रस्तुत गरेको कार्यपत्रमा नेपाल प्रहरी साइबर व्यूरोका अनुसार आर्थिक वर्ष २०८०-८१ मा ६३५ जना बालबालिका र आठ हजार ७४५ जना महिला प्रभावित भएको देखिन्छ । उनका अनुसार बालबालिकाको क्षेत्रमा काम गर्ने संस्था भ्वाइस अफ चिल्ड्रेनले जर्मन सहयोगमा सन् २०२३ मा कोशी र बामती प्रदेशका ५१४ जना बालबालिका र सम्बन्धित परिवारसँग गरिएको सर्वेक्षणले पनि साइबर अपराधको जालोमा बालबालिका परिरहेको तथ्यांकले देखाएको छ ।

सो सर्वेक्षणमा १३ देखि १८ वर्ष उमेर समूहका ९७ प्रतिशत बालबालिका इन्टरनेटको पहुँचमा रहेका देखाएको छ । जसमध्ये ३८.६० प्रतिशत बालिकालाई र ३२.३० प्रतिशत बालकले सामाजिक सञ्जालबाट यौनजन्य सन्देश पठाएको, ३४ प्रतिसतले अश्लील फोटो र अन्य दुर्व्यवहार हुने भिडियो आउने गरेको उल्लेख छ ।

नेपालमा ८१ प्रतिशतभन्दा बढि साइबर हिंसा तथा अपराध सामाजिक सञ्जाल फेसबुकबाट भइरहेको पाइएको छ । आर्थिक वर्ष २०८०-८१ मा ६३५ जना बालबालिकामध्ये २५३ बालक र ३८२ बालिका रहेका छन् । यस्तै अनलाइन हिंसा तथा अपराधमा महिला आठ हजार ७४५ जना महिला प्रभावित भएको तथ्यांक छ ।

सरोकारवालाहरूले इन्टरनेट र प्रविधिको तीव्र विकाससंगै सामाजिक सञ्जालका विभिन्न प्लेटफममार्फत हुने घटनाहरूको न्यूनिकरणको लागि डिजिटल शिक्षामा जोड दिनुपर्नेमा सरोकारवालाहरूले जोड दिएका छन् ।

भ्वाईस अफ चिल्ड्रेन र आइवर्ट नेपालको संयुक्त आयोजनामा भएको कार्यक्रममा अनलाइनबाट हुने दुर्व्यवहारका घटनाहरूको तथ्यांक अध्ययन, रोकथाम तथा न्यूनिकरणका उपाएको बिषयमा समेत छलफल भएको थियो ।

कार्यक्रममा राष्ट्रिय महिला आयोगका अध्यक्ष कमलाकुमारी पराजुलीले आयोगमा महिला र किशोरीमाथि हुने विभिन्न हिंसालगायत अनलाइन हिंसाका उजुरी आउने गरेको सुनाइन् । प्रविधीको सहयोगमा धेरै राम्रा, उत्पादनमुलक र सूचनामुलक जानकारी हासिल हुने गरेपनि यसको दुरुपयोग हुँदा धेरै नै दुःख, बदनामी खप्नुपर्ने अवस्था भएकोले सुरक्षित इन्टनरनेटको प्रयोग सम्बन्धी सचेतनामूलक कार्यक्रम विद्यालय र समुदायस्तरमा समेत निरन्तर सञ्चालन गर्नुपर्ने उनको भनाइ छ ।

राष्ट्रिय बालअधिकार परिषद्का सदस्य सचिव इन्द्रादेवी ढकालले साइबर हिंसाको सिकारमा धेरै बालबालिका परिरहेको बताउँदै अहिलेको जमानामा इन्टरनेटको प्रयोग नै नगर भन्न नसकिने उल्लेख गरिन् । इन्टरनेटको सुरक्षित प्रयोगबारे बालबालिकालगायत सबैले सिक्ने वातावरण बनाउनुपर्नेमा जोड दिइन् ।

नेपाल पत्रकार महासङ्घका अध्यक्ष निर्मला शर्माले प्रविधिको दुरुपयोगले समाजका सबै उमेर, वर्ग र पेशा व्यवसायका व्यक्तिहरुलगायत पत्रकार समेत अनलाइन हिंसामा पर्ने गरेको सुनाइन् ।

भ्वाइस अफ चिल्ड्रेनका कार्यकारी निर्देशक कृष्णकुमार थापाले अनलाइन हिंसामा महिला, बालिका, किशोरी मात्र होइन, बालकहरू पनि परिरहेको तथ्यांकले देखाएको र इन्टरनेटको सही प्रयोगबारे जनचेतनामुलक कार्यक्रम र साइबर हिंसा गरे हुने कार्वाही र उजुरी गर्ने निकाय नेपाल प्रहरी साइबर व्यूरोबारे पनि सबैलाई जानकारी गराउँदै जानुपर्ने बताए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register