भ्यालेन्टाइन डेः फूलसँगै घरघरमा खुसी डेलिभरी… (तस्विरहरु)

काठमाडौँ । आज भ्यालेन्टाइन डे अर्थात प्रेम गर्नेहरूको दिन आजको दिन विश्वभरि एक अर्कामा प्रेम आदानप्रदान गर्दै यस दिनलाई मनाइँदै छ । नेपालमा पनि युवायुवती देखि आफूले मन पर्ने व्यक्तिहरूमा एकआपसमा उपहार, फुल आदानप्रदान गरेर प्रेम दिवस मनाइँदै छ ।  प्रेम दिवसको बेला अन्य समय भन्दा बजारमा फूल व्यापारीले राम्रो आम्दानी गर्ने गर्छन् । यो […]

Feb 14, 2025 - 07:48
 0
भ्यालेन्टाइन डेः फूलसँगै घरघरमा खुसी डेलिभरी… (तस्विरहरु)

काठमाडौँ । आज भ्यालेन्टाइन डे अर्थात प्रेम गर्नेहरूको दिन आजको दिन विश्वभरि एक अर्कामा प्रेम आदानप्रदान गर्दै यस दिनलाई मनाइँदै छ । नेपालमा पनि युवायुवती देखि आफूले मन पर्ने व्यक्तिहरूमा एकआपसमा उपहार, फुल आदानप्रदान गरेर प्रेम दिवस मनाइँदै छ । 

प्रेम दिवसको बेला अन्य समय भन्दा बजारमा फूल व्यापारीले राम्रो आम्दानी गर्ने गर्छन् । यो बेला बजारमा फूलहरूको माग उच्च हुने गर्दछ । 

काठमाडौंको मध्य बानेश्वरमा रहेको हिमालया फ्लोरिकल्चरलाई पनि यति बेला भ्याइनभ्याई छ । चार वर्षअघि, व्यवसायी निर्मल घर्ती र सविन ढकालले सुरु गरेको फूलको व्यवसायबाट राम्रो आम्दानी भईरहेको छ । 

बदलिदो डिजिटल प्रविधिका कारण प्राय ग्राहकहरूले टिकटक, फेसबुक र इन्स्टाग्रामजस्ता प्लेटफर्मबाट सामान अर्डर गर्छन् । सामान अर्डर गरेको दुई घण्टामा नै डेलिभरी हुने उनीहरूले बताए । 

हिमालयन फ्लोरिकल्चरसँग ⁠ग्राहकहरूले केवल फूल मात्रै होइन, टेडी बियर, चकलेटहरू, र कस्टमाइज गरिएको उपहार पनि अर्डर गर्छन् । बाँकी तस्विरमा हेर्नुहोस् :

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register