बूढानीलकण्ठमा चौथो रोजगार तथा वृत्ति मेला सुरु

काठमाडौं । बूढानीलकण्ठ नगरपालिकाको आयोजनामा भएको चौथो रोजगार तथा वृत्ति मेला फागुन सुरु भएको छ । शिक्षा तथा विज्ञान प्रविधिमन्त्री विद्या भट्टराईको प्रमुख आतिथ्यतामा भएको सो मेलाको पहिलो दिन विभिन्न रोजगार दाताले राखेका स्टलमा आएर सयौंको सङ्ख्यामा स्थानीयले रोजगारका लागि आवेदन दिएका छन् । नगरपालिकाभित्र सञ्चालनमा रहेका विभिन्न व्यावसायिक संस्था तथा रोजगारदाताहरूले राखेको स्टलमा र […]

Feb 15, 2025 - 06:27
 0
बूढानीलकण्ठमा चौथो रोजगार तथा वृत्ति मेला सुरु

काठमाडौं । बूढानीलकण्ठ नगरपालिकाको आयोजनामा भएको चौथो रोजगार तथा वृत्ति मेला फागुन सुरु भएको छ । शिक्षा तथा विज्ञान प्रविधिमन्त्री विद्या भट्टराईको प्रमुख आतिथ्यतामा भएको सो मेलाको पहिलो दिन विभिन्न रोजगार दाताले राखेका स्टलमा आएर सयौंको सङ्ख्यामा स्थानीयले रोजगारका लागि आवेदन दिएका छन् ।

नगरपालिकाभित्र सञ्चालनमा रहेका विभिन्न व्यावसायिक संस्था तथा रोजगारदाताहरूले राखेको स्टलमा र अनलाइनमार्फत आवेदन दिएका बेरोजगारलाई रोजगार दिने तयारी गरिएको छ । यसैगरी दोस्रो दिन शनिबार पनि इच्छुक बेरोजगारले ९ बजेपछि नगर कार्यालय परिसरमा आएर आवेदन दिनसक्ने नगरपालिकाले जानकारी दिएको छ ।

विगतका मेलाहरूमा परामर्श र रोजगार प्रवद्र्धनलाई जोड दिएको नगरपालिकाले यसपटक भने रोजगारदाताको प्रत्यक्ष सहभागितामा नगरपालिका परिसरमा रहेका रोजगारदाताको स्टलमै आवेदन दिन सकिने व्यवस्था गरेको छ । जसमा पहिलो दिननै सयौं बेरोजगार युवायुवतीले आफूले चाहेको पदमा आवेदन दिएका छन् ।

यस अवधिका तीनवटै रोजगारी तथा वृत्ति मेलामा बेरोजगार युवाहरूको तथ्याङ्क सङ्कलन गरिएको थियो । तथ्याङ्क सङकलनका क्रममा बेरोजगार युवाहरूले लिन चाहेको रोजगारमूलक तालिमको माग सङ्कलनसमेत गरिएको थियो । मागबमोजिम रोजगारी तथा वृत्ति कार्यक्रमअन्तर्गत २० जनालाई सिनियर १० महिने प्लम्बरिङ, ६० जनालाई कुकिङ र ४० जनालाई १० महिने कम्प्युटर हार्डवेयर तालिम प्रदान गरिएको छ ।

यसैगरी पालिकाभित्र रहेका १२ वटै सामुदायिक माध्यमिक विद्यालयमा विद्यार्थी वृत्ति परामर्श कार्यक्रम सञ्चालन गरिएको छ । रोजगारदाता र बेरोजगार युवाबीच सम्पर्क स्थापित गर्न अनलाइन प्लेट फर्म सञ्चालनमा ल्याइएको छ । शिक्षक आपूर्तिलाई सहज बनाउन शिक्षक बैङ्क निर्माण गरी सञ्चालनमा ल्याइएको छ ।

मेलामा बढी भन्दा बढी व्यक्तिलाई रोजगारी प्रदान गरिरहेका उद्यमीहरूलाई नगर परिसरमा स्टल राख्न दिने व्यवस्था मिलाइएको छ । मेलामा भएका कुल ४२ वटा स्टलमध्ये २० वटा रोजगारदाता, ६ वटा शिक्षा, सीप तथा तालिम प्रदायक, ३ वटा उन्नयनशील युवा उद्यम, ७ वटा रमाइलो शुक्रबार प्रवद्र्धक र बाँकी ६ वटा विविध विषयका स्टल रहेका छन् ।

यस चौथो रोजगार तथा वृत्ति मेलामा २५ हजारभन्दा बढी गृहणी महिला, युवा तथा विद्यार्थी लगायतले अवलोकन गर्ने र मेला अवधिमा दर्जनौं बेरोजगार युवाले रोजगारी प्राप्त गर्ने अपेक्षा गरिएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register