केआईआईटी प्रकरणमा नेपाल सरकारसँग निरन्तर सम्पर्कमा छौँ : भारत
काठमाडौं । भारतको विदेश मन्त्रालयका प्रवक्ता रनधिर जैसवालले ओडिसाको कलिगां इन्सिच्युट अफ इन्ड्रस्टीयल टेक्नोलोजी (केआईआईटी) को घटनाका विषयमा नेपाल सरकारसँग निरन्तर सम्पर्क गरिरहेको बताएका छन् । नेपाली विद्यार्थीको सुरक्षा र भलाइका लागि आवश्यक पर्ने सबै काम भारत सरकार गरिरहेको पनि उनले बताए । ओडिसा सरकारले केआईआईटीमा भएको घटनाका विषयमा छानविन गर्न उच्चस्तरीय समीति बनाइसेको र […]

काठमाडौं । भारतको विदेश मन्त्रालयका प्रवक्ता रनधिर जैसवालले ओडिसाको कलिगां इन्सिच्युट अफ इन्ड्रस्टीयल टेक्नोलोजी (केआईआईटी) को घटनाका विषयमा नेपाल सरकारसँग निरन्तर सम्पर्क गरिरहेको बताएका छन् ।
नेपाली विद्यार्थीको सुरक्षा र भलाइका लागि आवश्यक पर्ने सबै काम भारत सरकार गरिरहेको पनि उनले बताए । ओडिसा सरकारले केआईआईटीमा भएको घटनाका विषयमा छानविन गर्न उच्चस्तरीय समीति बनाइसेको र त्यो समितिको प्रतिवेदनका आधारमा थप कानूनी प्रक्रिया अगाडि बढ्ने उनले बताए ।
केआईआईटीले नेपाली विद्यार्थीलाई कलेज र होस्टलमा फर्काउने काम गरिरहेको बताउँदै उनले भने, ‘नेपाली विद्यार्थीहरूका लागि चौबिसै घण्टा सक्रिय रहने गरी प्रहरी हटलाईन नम्बर पनि जारी गरिएको छ ।’
४ फागुनमा केआईआईटीमा अध्ययनरत नेपाली छात्रा प्रकृति लम्सालको शंकास्द मृत्यु भएको थियो । त्यसपछि नेपाली विद्यार्थीहरुले छानविनको माग गर्दै आन्दोलन गरेपछि कलेज प्रशासनले नेपाली विद्यार्थीहरुलाई कलेज र होस्टलबाट निकाला गरेर रातारात रेलवे स्टेशनमा पुर्याएको थियो ।
What's Your Reaction?






