अर्थमन्त्रीको स्वास्थ्य अवस्था बुझ्न बर्न अस्पताल पुगे गृहमन्त्री

काठमाडौं ।  उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यको स्वास्थ्य अवस्था बुझ्न गृहमन्त्री रमेश लेखक अस्पताल पुगेका छन् । गृहमन्त्री रमेश लेखकले  कीर्तिपुरस्थित बर्न अस्पताल पुगेर उनीहरुको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन् । सो क्रममा गृहमन्त्री लेखकले  उपचारमा संलग्न चिकित्सकहरूसँग छलफल गरेका थिए । स्वास्थ्य अवस्थाबारे जानकारी लिएपछि गृहमन्त्री लेखकले चिकित्सकहरूले […]

Feb 15, 2025 - 15:15
 0
अर्थमन्त्रीको स्वास्थ्य अवस्था बुझ्न बर्न अस्पताल पुगे गृहमन्त्री

काठमाडौं ।  उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यको स्वास्थ्य अवस्था बुझ्न गृहमन्त्री रमेश लेखक अस्पताल पुगेका छन् ।

गृहमन्त्री रमेश लेखकले  कीर्तिपुरस्थित बर्न अस्पताल पुगेर उनीहरुको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन् ।

सो क्रममा गृहमन्त्री लेखकले  उपचारमा संलग्न चिकित्सकहरूसँग छलफल गरेका थिए ।

स्वास्थ्य अवस्थाबारे जानकारी लिएपछि गृहमन्त्री लेखकले चिकित्सकहरूले राम्ररी उपचार गरिरहेको  प्रतिक्रिया दिए ।  उनले आगामी दिनहरुमा सरकारले  यस्तो दुर्घटना दोहोरिन नदिने गरि व्यवस्था गर्ने समेत बताए ।

पोखरा भ्रमण वर्ष उद्घाटनको क्रममा बेलुन फुटेर घाइते भएका पौडेल र आचार्यको कीर्तिपुरस्थित बर्न अस्पतालको सघन कक्षमा उपचार भइरहेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register