वैदेशिक रोजगार व्यवसायी संघ झापाका कार्यसमितिद्वारा सपथ ग्रहण

झापा, २९ बैशाख । वैदेशिक रोजगार व्यवसायी संघ झापाका नयाँ निर्वाचित कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूले सपथ ग्रहण गरेका छन् । बिर्तामोडमा आज आयोजित सपथ ग्रहण तथा पद हस्तान्तरण कार्यक्रमका बीच निर्वाचन समितिले निर्वाचित भएको प्रमाण–पत्र वितरणसँगै उनीहरुलाई सथप ग्रहण गराएको हो । निर्वाचन समिति संयोजक गोपाल लामिछानेले उनीहरूलाई पद तथा गोपनीयताको सपथ ग्रहण गराउनुभएको थियो [...] The post वैदेशिक रोजगार व्यवसायी संघ झापाका कार्यसमितिद्वारा सपथ ग्रहण appeared first on Jhapa Online.

May 12, 2025 - 17:15
 0
वैदेशिक रोजगार व्यवसायी संघ झापाका कार्यसमितिद्वारा सपथ ग्रहण

झापा, २९ बैशाख । वैदेशिक रोजगार व्यवसायी संघ झापाका नयाँ निर्वाचित कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूले सपथ ग्रहण गरेका छन् ।

बिर्तामोडमा आज आयोजित सपथ ग्रहण तथा पद हस्तान्तरण कार्यक्रमका बीच निर्वाचन समितिले निर्वाचित भएको प्रमाण–पत्र वितरणसँगै उनीहरुलाई सथप ग्रहण गराएको हो । निर्वाचन समिति संयोजक गोपाल लामिछानेले उनीहरूलाई पद तथा गोपनीयताको सपथ ग्रहण गराउनुभएको थियो । निर्वाचन समितिले निर्वाचनमा प्रयोग गरिएका सम्पूर्ण कागजात नवनिर्वाचित समितिलाई हस्तान्तरण गरेको छ ।

नवनिर्वाचित समितिले सपथ ग्रहण गरेसँगै निवर्तमान सचिव सीपी पाठकले नवनिर्वाचित सचिव निरकुमार खत्रीलाई संघको माइन्युट हस्तान्तरण गर्नुभएको थियो । माइन्युट हस्तान्तरण अघि निवर्तमान सचिव पाठकले कार्यक्रमको सञ्चालन गर्नुभएको थियो भने त्यसपछि नवनिर्वाचित सचिव खत्रीले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।

कार्यक्रममा नवनिर्वाचित समितिले निर्वाचन समितिलाई प्रशंसा पत्र प्रदान गरेको थियो । नवनिर्वाचित अध्यक्ष धनबहादुर पंधाकल निर्वाचन संयोजक गोपाल लामिछाने, सदस्यद्वय नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरी र अधिवक्ता खगेन्द्र खरेललाई कदरपत्र प्रदान गर्नुभएको थियो ।

निवर्तमान प्रथम उपाध्यक्ष अजयकुमार देवले स्वागत मन्तव्य राख्नुहुँदै नवनिर्वाचित समितिलाई सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो । कार्यक्रममा पूर्वाञ्चल दैनिकका व्यवस्थापक नवनिर्वाचित समितिलाई बधाइ दिनुहुँदै सञ्चार क्षेत्र र वैदेशिक रोजगार व्यवसायी बीचको सम्बन्ध प्रगाढ रहेको बताउनुभयो ।

कार्यक्रममा निवर्तमान द्वितीय उपाध्यक्ष कर्ण पौडेलले बधाई ज्ञापन गर्नुहुँदै कार्यकाल सफल एवम् रचनात्मक बन्ने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा नवनिर्वाचित अध्यक्ष धनबहादुर पंधाकले प्रतिबद्धता मन्तव्य राख्नुहुँदै स्वास्थ्य बीमा, व्यावसायिक कर्जा, व्यवसायी राहत कोष लगायतका कार्यक्रम सञ्चालन गर्ने योजना रहेको बताउनुभयो । संघको निर्वाचनमा कोही पनि नहारेको बताउनुहुँदै उहाँले कोही छनोटमा परेको र कोही छनोटमा नपरेको उल्लेख गर्नुभयो । सबैको साथ र सहयोगले सामूहिक हितको पक्षमा संघले काम गर्ने उहाँले बताउनुभयो ।

गत बैशाख २७ गते भएको संघको ऐतिहासिक प्रथम अधिवेशनले अध्यक्षमा धनबहादुर पंधाक र सहसचिव सरिता बराल सर्वसम्मत चयन हुनुभएको थियो भने उपाध्यक्षमा प्रकाश राई र राजन सिलवाल, सचिवमा निरकुमार खत्री, कोषाध्यक्षमा कृष्ण खतिवडा निर्वाचित हुनुभएको थियो ।

त्यस्तै, सदस्यमा ओमप्रकाश भट्टराई, कृष्णमाया तामाङ कुसुम, टंक सिटौला, देवेन्द्रप्रसाद प्रसाईं, पुष्पराज प्रसाईं, प्रेम निरौला, राजेन्द्र पौडेल, लुमनकुमारी निरौला निर्वाचित हुनुभएको थियो भने हितेष अग्रवाल र दुर्गादेवी सुब्बा लिम्बूको बराबर मत प्राप्त भएसँगै आधा–आधा कार्यकाल रहने गरी निर्णय भएको थियो ।

The post वैदेशिक रोजगार व्यवसायी संघ झापाका कार्यसमितिद्वारा सपथ ग्रहण appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register