जलनका घटनामा उद्दार गर्दा विभेद भयो : रास्वपा सांसद

काठमाठौं । जलनका घटनामा उद्दार गर्दा विभेद भएको भन्दै सदनमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरूले आपत्ति जनाएका छन् । जलनका घटनामा विशिष्ट व्यक्तिलाई उच्च साधन श्रोत उपलब्ध गराइएको तर, सर्वसाधरणलाई एम्बुलेन्स पनि उपलब्ध नभएको भन्दै रास्वपाका सांसदद्वय बिन्दवासिनी कंसाकार र विनिता कठायतले आपत्ति व्यक्त गरेका हुन् । संसद्को आकस्मिक समयमा बोल्दै सांसद कसांकारले भनिन्, ‘अस्ति भर्खर […]

Feb 16, 2025 - 09:00
 0
जलनका घटनामा उद्दार गर्दा विभेद भयो : रास्वपा सांसद

काठमाठौं । जलनका घटनामा उद्दार गर्दा विभेद भएको भन्दै सदनमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरूले आपत्ति जनाएका छन् ।

जलनका घटनामा विशिष्ट व्यक्तिलाई उच्च साधन श्रोत उपलब्ध गराइएको तर, सर्वसाधरणलाई एम्बुलेन्स पनि उपलब्ध नभएको भन्दै रास्वपाका सांसदद्वय बिन्दवासिनी कंसाकार र विनिता कठायतले आपत्ति व्यक्त गरेका हुन् ।

संसद्को आकस्मिक समयमा बोल्दै सांसद कसांकारले भनिन्, ‘अस्ति भर्खर शान्दार म:म ग्यास विष्फोट हुँदा सर्वसाधारण जल्दा एम्बुलेन्स पनि नपाएर गाडीको हुटमा उद्दार गर्नुपर्ने अवस्था आयो । मन्त्रीज्यु र मेयरज्युलाई हेलिकप्टरबाट उद्दार । पेशागत सुरक्षामा ध्यान अझै पनि दिइएको छैन । जलन जसलाई पनि जहाँपनि हुनसक्छ सुरक्षाका सवाल नारामा मात्रै सीमीत नहोस्,’ उनले भनिन् ।

यता, रास्वपाकी सांसद कठायतले जलन घटनामा उद्दार गर्दा सरकारले विभेद गरेको बताइन् । ‘पोखराको दुर्घटनाभन्दा कमलपोखरीको दुर्घटना निकै गम्भीर थियो । संविधानले सबै नागरिक समान हुन् भन्छ । तर, व्यवहारले भीआइपीलाई मात्रै मान्छे गन्छ । पोखरामा रेस्क्यु गर्न हेलिकप्टर सर्वसाधरणको उद्दारमा एम्बुलेन्स पनि समयमा पुग्दैन यो विभेद हो,’ उनले भनिन् ।

सांसदद्वयले पोखरा दुर्घटनामा घाइते भएका उपप्रधानमन्त्री तथा स्वास्थ्यमन्त्री विष्णु पौडेल र पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यको स्वास्थ्यलाभको कामना गरेका छन् । यस्तै, शान्दार म:म मा भएको आगलागीमा जलनमा परेकाहरूको स्वास्थ्यलाभको कामना गर्दै मृतकहरूप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् । उक्त दुर्घटनामा परी चारजनाको ज्यान गएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register