पोखरामा भएको बेलुन विष्फोटबारे स्थलगत छानबिन गर्न समिति गठन

काठमाडौं । पोखरा भ्रमण वर्ष २०२५ को उद्घाटन कार्यक्रममा शनिबार भएको बेलुन विष्फोटबारे स्थलगत छानबिन हुने भएको छ । गृहमन्त्री रमेश लेखकले घटनाको स्थलगत अनुगमन, छानबिन र त्यस्ता कार्यक्रममा अपनाउनुपर्ने सुरक्षाका सन्दर्भमा सरकारलाई प्रतिवेदन बुझाउने गरी आठ सदस्यीय समिति गठन गरेका हुन् । समितिलाई १५ दिनभित्र प्रतिवेदन पेश गर्ने कार्यादेश रहेको छ । गृहमन्त्रालयले गठन गरेको […]

Feb 16, 2025 - 09:00
 0
पोखरामा भएको बेलुन विष्फोटबारे स्थलगत छानबिन गर्न समिति गठन

काठमाडौं । पोखरा भ्रमण वर्ष २०२५ को उद्घाटन कार्यक्रममा शनिबार भएको बेलुन विष्फोटबारे स्थलगत छानबिन हुने भएको छ ।

गृहमन्त्री रमेश लेखकले घटनाको स्थलगत अनुगमन, छानबिन र त्यस्ता कार्यक्रममा अपनाउनुपर्ने सुरक्षाका सन्दर्भमा सरकारलाई प्रतिवेदन बुझाउने गरी आठ सदस्यीय समिति गठन गरेका हुन् ।

समितिलाई १५ दिनभित्र प्रतिवेदन पेश गर्ने कार्यादेश रहेको छ । गृहमन्त्रालयले गठन गरेको समितिमा कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेलाइ संयोजक तोकिएको छ भने समितिमा चारवटै सुरक्षा अंगका प्रतिनिधि समावेश छन् । यस्तै, विष्फोटक पदार्थ विज्ञलाई पनि समावेश गरी समिति बनाइएको छ ।

पोखरामा शनिबार प्रज्ज्वलनशील बेलुन बिष्फोट हुँदा उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल र पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य घाइते भएका थिए । उनीहरूको हाल र्कीर्तिपुरस्थित जलन अस्पतालमा उपचार भइरहेको छ ।

 

 

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register