माओवादी जनसेनाका तत्कालीन कमान्डर ‘सङ्ग्राम’ को निधन

काठमाडौं । माओवादीको तत्कालीन जनमुक्ति सेना नेपालका कमान्डर रामबाबु थापा ‘सङ्ग्राम’को निधन भएको छ । क्यान्सरबाट पीडित थापाको उपचारका क्रममा निधन भएको माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले मङ्गलबार साँझ फेसबुक मार्फत जानकारी दिएका छन् । शर्माले थापाको निधनप्रति श्रद्धाञ्जली अर्पण गर्दै थापाकी जीवन सङ्गिनी सुजाता लगायत सिङ्गो परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरेका छन् । शर्माले […]

Feb 11, 2025 - 15:51
 0
माओवादी जनसेनाका तत्कालीन कमान्डर ‘सङ्ग्राम’ को निधन

काठमाडौं । माओवादीको तत्कालीन जनमुक्ति सेना नेपालका कमान्डर रामबाबु थापा ‘सङ्ग्राम’को निधन भएको छ ।

क्यान्सरबाट पीडित थापाको उपचारका क्रममा निधन भएको माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले मङ्गलबार साँझ फेसबुक मार्फत जानकारी दिएका छन् ।

शर्माले थापाको निधनप्रति श्रद्धाञ्जली अर्पण गर्दै थापाकी जीवन सङ्गिनी सुजाता लगायत सिङ्गो परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरेका छन् । शर्माले जनयुद्धका उत्कर्षका वर्षहरूमा पूर्वी नेपालमा थापासँग आफूले लामो समय सहकार्य गरेको स्मरण गरेका छन् ।

‘उहाँ महान् जनयुद्धको एक अथक योद्धा हो । एक साहसी एवं दुर्लभ कमान्डर पनि हो’, शर्माले लेखेका छन्, ‘उहाँ फौजी, प्राविधिक, व्यवहारिक, राजनीतिक ज्ञान र अनुभवहरूले परिपक्व हुनु हुन्थ्यो । नेपालको परिवर्तनको आन्दोलनमा उहाँको अतुलनीय योगदान रहेको छ ।’

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register