एनपीएल विजेता जनकपुर जनकपुरधाममा, मधेसका सबै जिल्लामा विजय र्‍याली निकालिँदै

धनुषा । नेपाल प्रिमियर लिग (एनपीएल)को विजेता जनकपुर बोल्ट्स टिम यतिबेला जनकपुरधाममा छ । टोली काठमाडौंबाट बिहीबार साँझ जनकपुरधाम आइपुगेको हो । टोली बिहीबार साँझ ८ः४५ मा जनकपुर विमानस्थलमा आइपुगेको थियो टिमलाई स्वागत गर्न विमानस्थलमा प्रशंसकहरूको भीड लागेको थियो । टिमलाई शुक्रबार रजौलस्थित रामजानकी अन्तर्राष्ट्रिय रंगशालाबाट सम्मानमा नगरपरिक्रमा गरिने जिल्ला क्रिकेट संघ धनुषाका अध्यक्ष शोभाकान्त […]

Dec 27, 2024 - 02:56
 0
एनपीएल विजेता जनकपुर जनकपुरधाममा, मधेसका सबै जिल्लामा विजय र्‍याली निकालिँदै

धनुषा । नेपाल प्रिमियर लिग (एनपीएल)को विजेता जनकपुर बोल्ट्स टिम यतिबेला जनकपुरधाममा छ । टोली काठमाडौंबाट बिहीबार साँझ जनकपुरधाम आइपुगेको हो ।

टोली बिहीबार साँझ ८ः४५ मा जनकपुर विमानस्थलमा आइपुगेको थियो टिमलाई स्वागत गर्न विमानस्थलमा प्रशंसकहरूको भीड लागेको थियो ।

टिमलाई शुक्रबार रजौलस्थित रामजानकी अन्तर्राष्ट्रिय रंगशालाबाट सम्मानमा नगरपरिक्रमा गरिने जिल्ला क्रिकेट संघ धनुषाका अध्यक्ष शोभाकान्त पाण्डे (गुड्डु)ले जानकारी दिए । जानकी मन्दिरमा ट्रफी प्रदर्शन गरिने पनि कार्यक्रम रहेको उनले बताए ।

जनकपुर बोल्ट्सले मधेश प्रदेशका सबै जिल्लामा विजय र्‍याली गर्दैछ । विजयउत्सवको सुरुवात र अन्त्य जनकपुरधामबाटै गरिने छ ।

टोलीका प्रबन्ध निर्देशक निरज खतिवडाले मधेशका आठवटै जिल्लामा विजयउत्सव मनाइने जानकारी दिए ।

प्रबन्ध निर्देशक खतिवडाले शुक्रबार पहिलो दिन जनकपुरधामको जानकी मन्दिर, शनिबार दोस्रो दिन महोत्तरीको जलेश्वर, सर्लाही र रौतहटमा र्‍याली निकालिने छ ।

यस्तै आइतबार तेस्रो दिन बारा र पर्साको वीरगञ्ज र सोमबार चौथो दिन सिरहा र सप्तरीको राजविराजमा ट्रफी प्रदर्शन गरिने जानकारी उनले दिए ।

गत शनिबार भएको फाइनलमा सुदूरपश्चिम रोयल्सलाई पराजित गर्दै जनकपुरले पहिलो संस्करणको एनपीएलको उपाधि जितेको थियो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register