अमेरिका र रुसले वार्तामा निम्तो नगरेपछि जेलेन्स्कीको प्रतिक्रिया – युक्रेन सामेल नभएको युद्ध अन्त्य सम्झौता अस्वीकार्य

काठमाडौं । युक्रेनमा जारी युद्ध अन्त्य गर्न अमेरिका र रुसबीच हुने वार्तामा युक्रेनलाई आमन्त्रित गरिएको छैन । यो जानकारी युक्रेनी सरकारको एक स्रोतले जानकारी दिएको हो । युक्रेनका लागि अमेरिकी विशेष राजदूत किथ केलॉगले सोमबार साउदी अरेबियामा हुने वार्तामा युक्रेनले भाग लिने बताएका थिए । तर, एक स्रोतले त्यहाँ कुनै पनि प्रतिनिधिमण्डल उपस्थित नहुने बताएको […]

Feb 17, 2025 - 04:48
 0
अमेरिका र रुसले वार्तामा निम्तो नगरेपछि जेलेन्स्कीको प्रतिक्रिया – युक्रेन सामेल नभएको युद्ध अन्त्य सम्झौता अस्वीकार्य

काठमाडौं । युक्रेनमा जारी युद्ध अन्त्य गर्न अमेरिका र रुसबीच हुने वार्तामा युक्रेनलाई आमन्त्रित गरिएको छैन । यो जानकारी युक्रेनी सरकारको एक स्रोतले जानकारी दिएको हो ।

युक्रेनका लागि अमेरिकी विशेष राजदूत किथ केलॉगले सोमबार साउदी अरेबियामा हुने वार्तामा युक्रेनले भाग लिने बताएका थिए ।

तर, एक स्रोतले त्यहाँ कुनै पनि प्रतिनिधिमण्डल उपस्थित नहुने बताएको छ ।

यसअघि, ह्वाइट हाउसका मध्यपूर्व प्रतिनिधि स्टिभ विटकफले आइतबार साउदी अरेबियाको भ्रमण गर्ने पुष्टि गरेका थिए ।

उनको भ्रमणको उद्देश्य युक्रेनमा जारी युद्ध अन्त्य गर्न अमेरिका र रुसबीचको पहिलो वार्ता हो ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग युद्ध अन्त्य गर्ने बारेमा फोनमा कुरा गरेका छन् ।

यसपछि उनले छलफल अगाडि बढाउन दुवैजना चाँडै भेट्ने बताए । यसपछि युक्रेन र युद्धका बारेमा छलफल तीव्र भएको बीबीसीको समाचारमा उल्लेख छ ।

यद्यपि, ट्रम्प र पुटिनबीचको यो कुराकानीपछि युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले भनेका छन् ‘युक्रेन सामेल नभएको युद्ध अन्त्य गर्ने कुनै पनि सम्झौता स्वीकार्य हुँदैन ।’

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register