दुवै सदनको बैठक बस्दै, राष्ट्रियसभामा दुई मन्त्रीले जवाफ दिने कार्यसूची

काठमाडौं । सङ्घीय संसदअन्तर्गत आज (शुक्रबार) पनि दुवै सदनको बैठक बस्दैछ । दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले ‘राष्ट्रिय मानवअधिकार आयोगको २४औं वार्षिक प्रतिवेदन आर्थिक वर्ष २०८०/८१’ पेस गर्ने सम्भावित कार्यसूची छ । यस्तै ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले ‘नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षतासम्बन्धी विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने […]

Mar 7, 2025 - 02:57
 0
दुवै सदनको बैठक बस्दै, राष्ट्रियसभामा दुई मन्त्रीले जवाफ दिने कार्यसूची

काठमाडौं । सङ्घीय संसदअन्तर्गत आज (शुक्रबार) पनि दुवै सदनको बैठक बस्दैछ ।

दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले ‘राष्ट्रिय मानवअधिकार आयोगको २४औं वार्षिक प्रतिवेदन आर्थिक वर्ष २०८०/८१’ पेस गर्ने सम्भावित कार्यसूची छ ।

यस्तै ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले ‘नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षतासम्बन्धी विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।

राष्ट्रियसभाको बैठक भने दिउँसो १ः१५ बजे बस्नेछ । बैठकमा कृषि तथा पशुपन्छी विकास मन्त्रालय र युवा तथा खेलकुद मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नहरूको सम्बन्धित मन्त्रीले जवाफ कदिने कार्यतालिका छ ।

त्यस्तै प्रधानमन्त्री ओलीले ‘राष्ट्रिय सुरक्षा परिषद्को आ.व. २०७९/८० को छैठौं वार्षिक प्रतिवेदन’ सभासमक्ष पेस गर्नेछन् ।

यसैगरी उपप्रधान एवम् अर्थमन्त्री विष्णु पौडेलले ‘प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त बैङ्किसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यचूची छ ।

संसदका दुवै सदनको बैठक बिहीबार पनि बसेको थियो । सरकारले निर्णायार्थ प्रस्तुत गरेका पाँचवटा अध्यादेश राष्ट्रियसभाबाट पारित भएका थिए ।

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register