बेलायती प्रधानमन्त्री भन्छन्- बेलायत युक्रेनमा शान्ति सेना पठाउन तयार छ

लन्डन- बेलायती प्रधानमन्त्री केयर स्टार्मरले युक्रेनको सुरक्षाका लागि आफ्नो शान्ति सेना पठाउन तयार रहेको बताएका छन्। उनले रुस-युक्रेन युद्ध अन्त्य हुने अवस्थामा युक्रेनको सुरक्षा सुनिश्चित गर्नका लागि बेलायती सैनिकहरू युक्रेनमा खटाउन तयार रहेको बताएका हुन्। प्रधानमन्त्री स्टार्मरले भविष्यमा रुसी राष्ट्रपति पुटिनलाई थप आक्रमणबाट रोक्न चाहने हो भने युक्रेनमा स्थायी शान्ति सुनिश्चित गर्नु महत्वपूर्ण हुने स्पष्ट […]

Feb 17, 2025 - 10:53
 0
बेलायती प्रधानमन्त्री भन्छन्- बेलायत युक्रेनमा शान्ति सेना पठाउन तयार छ

लन्डन- बेलायती प्रधानमन्त्री केयर स्टार्मरले युक्रेनको सुरक्षाका लागि आफ्नो शान्ति सेना पठाउन तयार रहेको बताएका छन्।

उनले रुस-युक्रेन युद्ध अन्त्य हुने अवस्थामा युक्रेनको सुरक्षा सुनिश्चित गर्नका लागि बेलायती सैनिकहरू युक्रेनमा खटाउन तयार रहेको बताएका हुन्।

प्रधानमन्त्री स्टार्मरले भविष्यमा रुसी राष्ट्रपति पुटिनलाई थप आक्रमणबाट रोक्न चाहने हो भने युक्रेनमा स्थायी शान्ति सुनिश्चित गर्नु महत्वपूर्ण हुने स्पष्ट पारे ।

सोमबार पेरिसमा आयोजना गरिएको युरोपेली नेताहरूसँग आपतकालीन शिखर सम्मेलनमा सहभागी हुनुअघि उनले युक्रेनको सुरक्षा ग्यारेन्टीको लागि बेलायत आफ्ना सैनिकहरू युक्रेनमा पठाउन तयार रहेको प्रष्ट पारेका हुन्।

युक्रेनको सुरक्षा सुनिश्चित गर्न मद्दत गर्ने कुनै पनि भूमिका भनेको समग्र महादेशको सुरक्षा र यहाँ रहेका देशको सुरक्षा सुनिश्चित गर्नु हो भनेर भुल्न नहुने बेलायती प्रधानमन्त्रीको भनाइ छ।

बेलायती सेना युक्रेनको कब्जामा रहेका क्षेत्र र रूसले कब्जा गरेको क्षेत्रको सीमा नजिकका स्थानहरूमा अन्य युरोपेली राष्ट्रका सैनिकहरूसँग मिलेर तैनाथ हुन सक्ने उनले बताए ।

प्रधानमन्त्री स्टार्मर यसै महिना अन्त्यमा राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेट गर्न अमेरिका जाँदैछन्।

उता, युक्रेन युद्ध अन्त्यको प्रयासमा अमेरिका र रुसबीच मंगलबारदेखि साउदी अरेबियामा वार्ता हुँदैछ। अमेरिकी राष्ट्रपति ट्रम्पले शान्ति सम्झौता हुनुअघि युक्रेनलाई पनि संलग्न गराउने जनाएका छन्।

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register