एकीकृत समाजवादीनिकट अनेरास्ववियूमा विवाद, झलनाथले भने – अलग ढङ्गले अघि बढ्न सकिन्छ !

काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले पार्टी निकट विद्यार्थी सङ्गठन अनेरास्ववियूको विवाद समाधान नभए अलग ढङ्गले अघि बढ्न सकिने बताएका छन् । अनेरास्ववियू असन्तुष्ट पक्षले सोमबार काठमाडौंमा आयोजना गरको भेलामा खनालले अनेरास्ववियूको विवाद समाधानका लागि पार्टीको बैठकमा छलफल गर्ने भन्दै निष्कर्ष निस्कन नसके अलग ढङ्गले अघि बढ्न सकिने बताएका हुन् । असन्तुष्ट […]

Feb 17, 2025 - 10:54
 0
एकीकृत समाजवादीनिकट अनेरास्ववियूमा विवाद, झलनाथले भने – अलग ढङ्गले अघि बढ्न सकिन्छ !

काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले पार्टी निकट विद्यार्थी सङ्गठन अनेरास्ववियूको विवाद समाधान नभए अलग ढङ्गले अघि बढ्न सकिने बताएका छन् ।

अनेरास्ववियू असन्तुष्ट पक्षले सोमबार काठमाडौंमा आयोजना गरको भेलामा खनालले अनेरास्ववियूको विवाद समाधानका लागि पार्टीको बैठकमा छलफल गर्ने भन्दै निष्कर्ष निस्कन नसके अलग ढङ्गले अघि बढ्न सकिने बताएका हुन् ।

असन्तुष्ट पक्षले ब्यानर राखेर भेला आयोजना गरेपछि खनालले तत्कालका लागि ब्यानर हटाउन आग्रह गरेका थिए ।

खनालले अहिले छुट्टै भेला नभइ छलफल कार्यक्रम मात्र गर्न सुझाव दिएका थिए । उनले जहाँ जहाँबाट आग्रह पूर्वाग्रह सुरु भएका छन्, त्यसलाई मिलाउने कोसिस गर्ने र मिल्न नसके अलग ढङ्गले विभिन्न सोचका साथ जान सकिने उल्लेख गरे ।

उनले पार्टीले गलत ढङ्गले निर्णय गरेर पेल्न खोजे आफू संरक्षकको भूमिकामा रहने आश्वसन असन्तुष्ट पक्षलाई दिए ।

अहिलेका लागि एकता कायम गर्न हरसम्भव प्रयास गर्ने उनको भनाइ छ । उनले केन्द्रीय कमिटी बैठकसम्म पर्खन आग्रह गर्दै तत्काल समानान्तर कमिटी गठन नगर्न सुझाव दिए ।

अनेरास्ववियूकी यसअघिका अध्यक्ष आरती लामाले व्यानरमा नयाँ समानान्तर कमिटी घोषणा भनिएपनि शीर्ष नेताको आग्रहमा जिम्मेवार भएर कार्यकर्ता भेलामा रुपान्तरण गरिएको जानकारी दिइन् । उनले आफूहरु जिम्मेवार भएर पार्टी र सङ्गठनको एकतालाई जोगाउनका लागि प्रतिबद्ध रहेको धारणा राखे ।

लामाले आफूहरुलाई कारबाही गर्दैमा निराश हुने छुट नरहेको भन्दै आवश्यक परे विद्रोह गर्ने चेतावनी दिइन् ।

पार्टी अध्यक्ष माधवकुमार नेपालले अपानि जारी गरी लामालाई अनेरास्ववियूको अध्यक्षबाट हटाएपछि सङ्गठनमा विवाद उत्पन्न भएको हो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register