कर्मचारी कुट्ने वडाध्यक्ष पक्राउ

काठमाडौं । कर्मचारी कुटपिटको आरोप लागेका तनहुँको बन्दीपुर गाउँपालिका वडा नम्बर ६ का वडाध्यक्ष पक्राउ परेका छन् । वडासचिव नवीन भुसाललाई कुटपिट गरेको आरोपमा वडाध्यक्ष बलबहादुर गुरुङ पक्राउ परेका हुन् । घटनापछि सोमबार नै वडाध्यक्ष गुरुङलाई पक्राउ गरिएको तनहुँका प्रहरी प्रमुख एसपी वीरेन्द्रबहादुर शाहीले बताए । वडास्तरीय भलिबल कार्यक्रमको बिल स्वीकृत नगरेको भन्दै वडाध्यक्ष गुरुङले […]

Feb 18, 2025 - 02:12
 0
कर्मचारी कुट्ने वडाध्यक्ष पक्राउ

काठमाडौं । कर्मचारी कुटपिटको आरोप लागेका तनहुँको बन्दीपुर गाउँपालिका वडा नम्बर ६ का वडाध्यक्ष पक्राउ परेका छन् । वडासचिव नवीन भुसाललाई कुटपिट गरेको आरोपमा वडाध्यक्ष बलबहादुर गुरुङ पक्राउ परेका हुन् ।

घटनापछि सोमबार नै वडाध्यक्ष गुरुङलाई पक्राउ गरिएको तनहुँका प्रहरी प्रमुख एसपी वीरेन्द्रबहादुर शाहीले बताए ।

वडास्तरीय भलिबल कार्यक्रमको बिल स्वीकृत नगरेको भन्दै वडाध्यक्ष गुरुङले आफूमाथि कुटपिट गरेको वडासचिव भुसालको आरोप छ ।

कुटपिटबाट वडासचिव भुसालको गालामा चोट लागेको छ । उनको भरतपुर अस्पतालमा उपचार भइरहेको बन्दीपुर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत यादवराज आचार्यले जानकारी दिए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register