क्यानडामा विमान दुर्घटना : अवतरण गर्ने क्रममा पल्टियो, १५ जना घाइते

काठमाडौं । क्यानडाको टोरन्टो पियर्सन अन्तर्राष्ट्रिय विमानस्थलमा एउटा विमान पल्टिएको छ । विमान अवतरण गर्ने समयमा यो दुर्घटना भएको बीबीसीको समाचारमा उल्लेख छ । अमेरिकी सङ्घीय उड्डयन प्रशासनका अनुसार डेल्टा एयर लाइन्सको उडान ४८१९ स्थानीय समय अनुसार दिउँसो २ः४५ बजे अवतरण गर्ने क्रममा पल्टिएको थियो । विमानमा ८० जना सवार थिए । चिकित्सा सहायतामा संलग्न […]

Feb 18, 2025 - 01:45
 0
क्यानडामा विमान दुर्घटना : अवतरण गर्ने क्रममा पल्टियो, १५ जना घाइते

काठमाडौं । क्यानडाको टोरन्टो पियर्सन अन्तर्राष्ट्रिय विमानस्थलमा एउटा विमान पल्टिएको छ । विमान अवतरण गर्ने समयमा यो दुर्घटना भएको बीबीसीको समाचारमा उल्लेख छ ।

अमेरिकी सङ्घीय उड्डयन प्रशासनका अनुसार डेल्टा एयर लाइन्सको उडान ४८१९ स्थानीय समय अनुसार दिउँसो २ः४५ बजे अवतरण गर्ने क्रममा पल्टिएको थियो । विमानमा ८० जना सवार थिए ।

चिकित्सा सहायतामा संलग्न टोलीका अनुसार यस घटनामा १५ जना घाइते भएका छन्, जसमध्ये तीनजना गम्भीर घाइते भएको बताइएको छ । घाइतेहरूमा एक बालक र दुई वयस्क रहेका छन् ।

एफएएका अनुसार सबै यात्रुहरूलाई विमानबाट बाहिर निकालिएको थियो । विमान पल्टिनुको कारण अझै थाहा हुन सकेको छैन ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register