लखनउमा नयाँ वर्ष मनाउन गएका एकै परिवारका ५ जना मृत फेला, छोरा पक्राउ
काठमाडौं । नयाँ वर्षको पहिलो दिन उत्तर प्रदेशको राजधानी लखनउको एक होटलमा एकै परिवारका पाँच जना मृत फेला परेका छन् । एक महिला र उनका चार छोरी मृत फेला परेको बीबीसी हिन्दीले जनाएको छ । नयाँ वर्ष मनाउन आगराबाट लखनउ आएको यो परिवारमा मृतकका अलावा बुवा र भाइ पनि थिए । लखनउको नाका इलाकामा चारबाग […]

काठमाडौं । नयाँ वर्षको पहिलो दिन उत्तर प्रदेशको राजधानी लखनउको एक होटलमा एकै परिवारका पाँच जना मृत फेला परेका छन् ।
एक महिला र उनका चार छोरी मृत फेला परेको बीबीसी हिन्दीले जनाएको छ ।
नयाँ वर्ष मनाउन आगराबाट लखनउ आएको यो परिवारमा मृतकका अलावा बुवा र भाइ पनि थिए ।
लखनउको नाका इलाकामा चारबाग रेलवे स्टेसन अगाडिको सडकमा रहेको होटलमा उनीहरु बसेका थिए ।
घटनाको खबर पाएलगत्तै प्रहरीले अनुसन्धान सुरु गरेको छ ।
घटनामा मृतक महिलाका छोरा अरशदमाथि आरोप लागेको छ । अरशदले पनि प्रहरीसामु आफ्नो अपराध स्वीकार गरेका छन् ।
प्रहरीकाअनुसार हत्यामा अभियुक्तसँगै बाबुको पनि संलग्नता रहेको र उनको खोजी भइरहेको छ ।
डीसीपी रविना त्यागीले अरशदले हत्या गरेको स्वीकार गरेको बताइन् ।
सोधपुछका क्रममा घटनाको पछाडि पारिवारिक कलह रहेको अरशदले बताएका छन् ।
प्रहरीकाअनुसार हत्या गर्नुअघि सम्पूर्ण परिवारलाई लागूऔषध खुवाइएको थियो । पछि घाँटी थिचेर र नसा काटेर हत्या गरिएको बयानमा भनेका छन् ।
मृतकमध्ये अरशदकी कान्छी बहिनी ९ वर्षकी आलिया, १६ वर्षकी अक्सा उनीभन्दा जेठी थिइन्, त्यसपछि १८ वर्षकी रहमान र जेठी दिदी १९ वर्षकी अल्सिया थिइन् ।
लखनउको एक होटलमा पाँच जनाको हत्यापछि एउटा भिडिओ पनि भाइरल भइरहेको छ ।
यो भिडिओ आरोपी अरशदको रहेको बताइएको छ । भिडिओमा अर्शदले उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथसँग आफ्नो घरको जग्गा भू-माफियाबाट बचाउने कुरा गरेका छन् । मन्दिरलाई चन्दा दिने र मन्दिर निर्माणमा सहयोग गर्ने कुरा पनि उनी बताउँछन् ।
आरोपी र उनको सम्पूर्ण परिवार आगराको इस्लामनगर क्षेत्रमा बस्थे ।
आरोपित अरशदले आफू धर्म परिवर्तन गर्न चाहेको भन्दै इस्लामनगरका आफ्नै इलाकाका मानिसहरूले जानाजानी दुव्र्यवहार गरेको आरोप समेत लगाएका छन् ।
What's Your Reaction?






